२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आजदेखि खुले घोडेपानी र पुनहिलका होटल

१ पुष २०७७, बुधबार ०६:०२

पुस १, गलेश्वर । विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड–१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि आजदेखि खुला भएका छन् । त्यसैगरी म्याग्दीका गलेश्वरधाम, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो । घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेका छन् भन्दै लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर आजदेखि यहाँका सम्पूर्ण होटल खुला गरिएको जानकारी दिनुभयो ।

“जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर होटल सञ्चालन गर्न लागेका हौँ”, पुनले भन्नुभयो, “लामो समयसम्म होटल बन्द हुँदा व्यवसाय पनि चौपट भयो, अब हामी आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेका छौँ, आजदेखि यहाँका सबै होटल खुला भएका छन् ।”

त्यसैगरी पश्चिम म्याग्दीको पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम पनि भक्तजनका लागि खुला गरिएको छ । सोमबार विशेष भीड लाग्ने गलेश्वर शिवालयमा उच्च सुरक्षा सतर्कताका साथ भक्तजनलाई दर्शन र पूजाआजाको व्यवस्था मिलाइको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

“आजदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने भएका छौँ, मन्दिरमा प्रवेश गर्र्न र बाहिर निस्कनका लागि अलग–अलग द्वारको प्रयोग गरिनेछ, मन्दिरको ढोकाबाट प्रवेश गर्दा साबुनपानीले हात धुनुका साथै मास्क लगाउन अनिवार्य गरिएको छ”, बानियाँले भन्नुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्बन्धित मन्त्रालयको निर्णयानुसार तत्तत् क्षेत्रका स्थल खुला गर्न सकिने बताउनुभयो । त्यसका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो । लामो समयदेखि बन्द रहेका होटल तथा धार्मिकस्थल खुला हुन थालेपछि बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह