रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढदै

२०७३, १९ श्रावण बुधबार ०३:५१

रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना पुरुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ ।

गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढि हुने गरेकोले पनि सर्पदंशको उपचार गर्नेको संख्या बढेको देखिन्छ । सो गणमा नवलपरासी, रुपन्देही र भारतका सर्पदंशका बिरामी बढि आउने आउने गरेका छन् । दिनहु दुई देखि सात जनाको संख्यामा नेपाल र भारतबाट उपचार गराउन आउने गरेका गणले बताएको छ । नवलपरासीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती, पृथ्वी चन्द अस्पताल परासी र बज्र दल गण त्रिबेणीमा सर्पको टोकाइमा उपचार हुने व्यवस्था छ । गणले आफ्नो उपचारका लागि व्यवस्था मिलाए पनि सर्वसाधारण लागि सेवा प्रदान गर्दै आएको छ ।

नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेको मा जिल्लाको पहाडी गाउँ विकास समितिहरुका बिरामीहरुको कावासोती सम्म ल्याउदा ल्याउदै बाटो मै मृत्यु हुने गरेको बताइएको छ । त्यसकारण जिल्लाको केही ठाउहरुमा सर्पदंश उपचार केन्द्र थप्नु पर्नेमा सेवाग्राहीले बताएका छन् । 

बज्रदल गण सर्पदंश उपचार केन्द्रलाई इन्द्रेणी समाजिक विकास मंचले सोलार उपलब्ध गराएको सो संस्थाका कार्यकारिणी निर्देशक बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । यसै गरि त्रिबेणी सुस्ता गाउँ विकास समितिले पनि सहयोग गर्दै आएको गणले बताएको छ । 

नवलपरासीको सुस्तामा नारायणी नदिमा आएको बाढीले गाउमा सर्पहरु प्रबेश गरि रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ । यसै गरि परासीमा आएको बाढीले परासी क्षेत्रमा पनि सर्पको बिगबिगी बढेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै