२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान रोजगारीमा एकाधिकार मान्य छैन : व्यवसायी संघ

५ पुष २०७७, आईतवार १२:०१

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापान रोजगारीका लागि मुख संस्थाको मिलेमतोमा वैदेशिक रोजगार ऐन, २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति घोर भत्सना गरेको छ । संघ महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेका छन् ।

निर्दिष्ट सिपयुक्त कामदार का रुपमा जापानमा कामदार पठाउन नेपाल सरकारले २०७५ साल चैत्र ११ गते जापान सरकारसँग जी टु जी अन्तरगत निष्पक्ष तथा निःशुल्क कामदार भर्तिको लागि जापान सरकारसँग एमओयु गरेको थियो । श्रम सम्झौता भएको २ वर्ष हुन लाग्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले निर्दिष्ट सिपयुक्त कामदार पठाउने सम्वन्धमा कुनै कार्य नगरेको संघले ठहर गरेको छ ।

श्रम मन्त्रालयले तयार गरेको "निर्दिष्ट सिपयुक्त, कामदारको रुपमा जापानमा रोजगारी लागि श्रम स्विकृति सम्वन्धी निर्देशका २०७७" मा सहयोगी संस्थाको नाममा विचौलिया (एजेन्ट)राखि जापानमा रोजगारीको अवसर खोज्ने, माग पत्र संकलन गर्ने, रोजगारदाता कम्पनीको मूल्याकंन गर्ने र मागपत्र प्रमाणिकरण गर्न दुतावासलाई सहयोग गर्न जिम्मा दिने गरि एकाधिकार (सिण्डिकेट) गर्न खोजिएको सम्वन्धि समाचार प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

"नेपाल वैदेशिक रोजगार व्यवसायी संघ खुल्ला पारदर्शि र प्रतिष्पर्धामक व्यवसायमा विश्वास गर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सम्पुर्ण ८५४ व्यवसायीहरुले व्यवसाय गर्न पाउनु पर्ने मान्यता राख्दछ । अमुख संस्थाको मिलेमतोमा बैदेशिक रोजगार ऐन २०६४ को बिरुद्ध निर्देशिका तयार पारी एकाधिकार लाद्न खोज्ने कार्य प्रति नेपाल बैदेशिक रोजगार व्यवसाय संघ घोर भत्सना गर्दछ साथै यस्ता एकाधिकारको पक्षमा नलाग्न र गैर कानुनी कार्य नगर्न नगराउन सबैमा यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौ ।" संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य