Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इजाजत प्राप्त संस्थालाई बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

By kit 2 मिनेट पढाइ

<p><b>पुस ७, काठमाडौँ । </b>बैदेशिक रोजगार विभागमा इजाजत प्राप्त संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा आफ्नो संस्थाको सञ्चालक/हरु तथा कर्मचारी/हरुको विवरण दुरुस्त अध्यावधिक गर्नुपर्ने भएको छ ।<br></p><p>संस्था नवीकरण गरेर पनि हालसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सक्रिय नगराएका इजाजतपत्र संस्थाले आवश्यक कागजात संलग्न गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सक्रिय गराउनु पर्ने भएको हो।</p><p>बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम सम्पूर्ण इजाजतपत्र संस्थाहरुले २०७७/०९/२० गतेभित्र उक्त कार्य गर्नुपर्ने छ ।&nbsp; विभागका अनुसार,तोकिएको मितिमा उक्त कार्य नगरेमा इजाजत प्राप्त संस्थाको कारोबार बन्द गरी बैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम कारवाही गरिने छ।</p>