साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटमा साढे एकचालीस करोडको आलु उत्पादन

२०७३, १९ श्रावण बुधबार ०७:१५

साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो । 

उत्पादित आलुमध्ये दुई हजार ८८७ मेट्रिक टन तरकारी जिल्लाबाहिर निर्यात भएको थियो । जिल्लामा ९२ प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न रहेको तथ्याङ्क छ । जिल्लामा बर्खे तरकारी, मौसमी तरकारी तथा बेमौसमी तरकारीखेती हुने गरेको छ । 

खलङ्गा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क, पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा तरकारी खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । सदरमुकाम खलङ्गा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडीज्यूला, चौरजहारी, सल्लीबजार लगायतका क्षेत्रमा तरकारी आपूर्ति तथा खपत हुने गरेको छ । 

कृषकले तरकारीबाट वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । परम्परागत खेती गर्दै आएका कृषक छोटो समयमा पर्याप्त आम्दानी हुने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । जिल्लामा सडक विस्तार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली