२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लिने

९ पुष २०७७, बिहीबार ११:५९

पुस ९, काठमाडौं। दक्षिण कोरिया सरकारले सन् २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लागि लिने भएको छ । कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको  बैठकले सन् २०२१ का लागि इपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गरेको छ ।

५२ हजार विदेशी कामदार इपीएस भाषा प्रणालीमार्फत १६ देशको लागि छुट्याइएको हो । २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने/छान्नेमा) १ सय जना तोकिएको छ । यो कोटामध्ये ४० हजार कामदार नयाँ आउने छन् भने १२ हजार पुन: श्रमिक लगिने छ । 

सन् २०२१ का लागि छुट्याइएको विदेशी कामदारको संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । कोरोनाको कारण २०२० को कोटा मध्यको ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएका छैनन् । यो वर्षको अप्रिलसम्ममा २२ हजारका लागि रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ ।नेपालबाट वार्षिक ५ हजारभन्दा धेरै इपीएस भाषा प्रणालीमार्फत कोरिया रोजगारीका लागि जाने गरेका छन् । सन् २०२१ मा नेपालबाट कति कामदार लैजाने भनेर कोटा निर्धारण भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ