2026-09-25 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षबाट विदेशी श्रमिकलाई कोरोना परीक्षण अनिवार्य, नगर्नेलाई कडा कारवाही हुने

पुस १०, काठमाडौं। मलेसियाको राष्ट्रिय सुरक्षा परिषद्ले विदेशी श्रमिकको अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । परिषद्को सो निर्णय कार्यान्वयन आगामी जनवरी १ तारिखदेखि सुरु हुनेछ । मलेसियाका वरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले आफूसँग कार्यरत विदेशी श्रमिकको कोभिड-१९ परीक्षण नगराउने रोजगारदातालाई कारवाही हुने समेत बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

मन्त्री याकोबले यो सवै क्षेत्रमा काम गर्ने श्रमिकमा लागु हुने र क्वालालम्पुर, सेलेंगर, पेनाङ, नेग्री सेम्विलान तथा सवाहमा लागु भइसकेको जनाइएका छन् । उनले मानव संशाधन मन्त्रालयले केहि रोजगारदाताले यसमा असहमति जनाएको र असहयोग गरेको भन्दै अनिवार्य रुपमा सो नियमको पालना गर्न आग्रह गरे । सो नियम पालना नगर्ने रोजगारदातालाई कडा कारवाही हुने पनि उनले प्रष्ट्याए ।

मलेशियामा ठूलो संख्यामा आप्रवासी श्रमिकमा कोभिड-१९ को संक्रमण देखिएको छ । अव्यवस्थीत बसोवास, धेरै भिडभाडमा काम गर्नुपर्ने, कार्यस्थल तथा आवासमा सामाजिक दुरी कायम गर्ने वातावरण नभएका कारण कोभिडको संक्रमण आप्रवासी श्रमिकमा बढी देखिएको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । 

मलेशियाको टप ग्लोव्स कम्पनीमा काम गर्ने मध्ये ५ हजार भन्दा बढी श्रमिकलाई कोभिड-१९ को संक्रमण देखिएपछि तथा एक नेपालीको कोभिड १९ कै कारण मृत्यु भएपछि यस विषयमा विभिन्न निकायको ध्यानाकर्षण पनि भएको छ ।

टप ग्लोव्स कम्पनीमा काम गर्ने एक नेपालीले कार्यस्थलमा भिडभाड भएको र सामाजिक दुरी कायम नभएको विषय झल्किने तस्वीर खिचेर अधिकारकर्मीलाई पठाएको अभियोगमा उनलाई कामबाट निश्कासन गर्ने निर्णय गरेको थियो । तर अन्तराष्टिय जगतको दवाव बढ्ने देखिएपछि कम्पनी सो निर्णयबाट पछि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक