2026-09-06 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्री चौधरीले भने ‘ठगि नियन्त्रण पहिलो प्राथमिकता पर्छ’

पुस १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले वैदेशिक रोजगारीमा देखिएका ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन् । नवनियुक्त श्रममन्त्री चौधरीले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकतामा गलत तरिकाले भएको काम रोक्ने र  ठगि रोकिनुपर्छ भन्ने मान्यता भएको बताएका हुन् ।

भर्खर श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको छु मन्त्री चौधरीले भने ‘अहिलेसम्म मन्त्रालयमा भए गरेका काम बारे अध्ययन गर्छु र त्यसपछि कसरी अगाडी जान सकिन्छ, विगतको समिक्षा र नयाँ योजना ल्याउनेछु ।’ वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारी ठगिनबाट कसरी बचाउने भन्ने बारे छलफल गर्ने र त्यसका लागि उपाय रच्ने उनले बताए ।  

म्यानपावरबाट हुने ठगि रोक्न पनि आवश्यक कदम चाल्ने बताउंदै उनले म्यानपावर कम्पनीले पनि पारदर्शी तरिकाले काम गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न देशसंग भएका श्रम सम्झौता कार्यान्वयन, सामाजिक सुरक्षा योजना कार्यान्वयन लगायत धेरै विषय अध्ययन गर्न बाँकि रहेको भन्दै उनले देशभित्रै काम गर्न रोजगारी ग्यारेन्टी गर्ने कुरा प्राथमिकता रंहने उनले बताए । 

नवनियुक्त मन्त्री चौधरी दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि उनी कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ