२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

२०७७, १२ पुष आईतवार १०:०८

पुस १२, पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ । 

उक्त कार्यमा  व्यस्त  कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताउनुभयो  ।  पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आउनुभएका उहाँले लामो समय घरमा बस्दासमेत दिक्क मानेको  अनुभव सुनाउनुभयो ।  “यस क्षेत्रमा लागेको १२ वर्ष भयो । जीविकोपार्जनको आधार नै त्यही थियो । कोभिड– १९ को कारण पर्यटक नआउँदा रोजीरोटीमा समस्या पर्नुका साथै घर बस्दा बस्दा दिक्क लागेको थियो ।” उहाँले भन्नुभयो । उहाँले दैनिक एक हजार ज्याला पाइने र काम पनि त्यति गाह्रो नभएको बताउनुभयो ।  

सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आउनुभएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिनुभयो । “ पदप्रर्दशक हुँदा एक मौसममा दुई÷तीन लाख कमाइ हुन्थ्यो, त्यसैले घरखर्च चलाउन सहज भएको थियो । अहिले काम नभएपछिका दिन निकै कष्टकर छ । हातमा पैसा देख्नसमेत मुस्किल भएको अवस्थामा यो कामले धेरै राहत अनुभुति भएको छ ।” उहाँले  पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।  

अर्का पर्यटक मजदूर कास्कीकोटका ३६ वर्षीय  एकराज सुवेदीले अहिलेको अवस्थाले गाँसबास नै अन्तिम अवस्थमा पु¥याएको अनुभव सुनाउनुभयो । “कोभिड–१९ ले सिर्जित अवस्थाले जीविकोपार्जनको आधारनै टुटेको छ । अहिलेको समयमा पदमार्ग सरसफाइ, मर्मतसम्भारको काममा व्यस्त हुन पाउँदा  केही भए पनि राहतको महसुस भएको छ । ” उहाँले पदमार्गमा बिहान १० देखि ५ बजेसम्म सामान्य बाटो स्तोरन्नतिको कार्यमा लागेका बताउनुभयो । 

उहाँका अनुसार पदमार्गमा बाटो मर्मत चौतारो मर्मत, झाडी फाल्ने कार्य भइरहेको छ । पर्यटन चलायमान नभएरसम्म पर्यटक मजदूरलाई यस्तै वैकल्पिक काम दिएर रोजगारमा लगाउन पनि उहाँको आग्रह छ ।  नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना  तथा  अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताउनुभयो । “महामारीले पर्यटनमा छिटो प्रभाव पार्छ र पहिलेकै अवस्थामा हुन पनि समय लाग्दछ, यस्तो अवस्थामा अग्रमोर्चामा बसेर सेवा दिइरहनुभएका मजदूरको अवस्थालाई ध्यान दिएर छोटो समयका लागि रोजगार प्रदान गरिएको हो ।” उहाँले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २५० जनालाई  मजदूरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार मेगा परियोजनाको रुपमा साढे दुई वर्षको दीर्घकालीन पर्यटन जीविकोपार्जन परियोजना अन्तर्गत नेपालभरी करिब एक हजार ६०० जनालाई रोजगार दिने गरी गृहकार्य भइरहेको छ । कास्कीकोट पर्यटन विकास समितिका अध्यक्ष उदय सुवेदीले आर्थिक अवस्था कमजोर भएका पर्यटन मजदूरहरुले  हाइकिङ ट्रायलमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार अन्नपूर्ण गाउँपालिका– १ नागडाँडाबाट शुरु भएको अपाङ्गमैत्री करिब तीन किलोमिटर देउरालीसम्म रहेको छ भने त्यस यताको पदमार्ग पोखरा २४ र १८ सम्म ७ किलोमिटर रहेको छ । अहिले तीन वटै वडामा काम भइरहेको छ ।

उक्त पदमार्ग स्तरोन्ततिको लागि दैनिक १० मजदूर ४५ दिनसम्म खटिनेछन् । उक्त योजनाको लागि पाँच लाख ७१ हजार रकम छुट्टा्याइएको छ ।  पर्यटनमा आश्रित कमजोर आर्थिक अवस्था १० मजदूरलाई पहिलो चरणमा काम दिइएको र दोस्रो चरणमा फेरि महिलाको समूहलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु