2026-09-04 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ प्रकार : संक्रमण फैलिन थालेपछि सतर्कता अपनाउन कतार स्थित दूतावासको आग्रह

पुस १३, काठमाडौँ | कतारमा कोभिड-१९ को संक्रमण पूर्णरुपमा न्यूनीकरण नभएको भन्दै कतार स्थित नेपाली दूतावासले सतर्कता अपनाउँन आग्रह गरेको छ | सोमबार दूतावासले सूचना जारी गर्दै कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु पालना गर्न आग्रह गरेको हो |

हाल कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको छ | त्यस्तै युरोपेली मुलुकहरुमा कोभिड-१९ का नयाँ प्रकारका संक्रमणहरु देखापरेकाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु

पूर्णरूपमा पालना गर्न राजदूतावासले भनेको छ |

“तोकिएको संख्याभन्दा बढी हुने गरी अनावश्यक भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता आवश्यक स्वास्थ्य सतर्कता अपनाउन दूतावास हार्दिक अपिल गर्दछ |” दूतावासले जारी गरेको सूचनामा भनिएको छ |

त्यस्तै पर्व उत्सवहरू मनाउदा,स्थानीय नियम कानून तथा संस्कृति अनुरूप मर्यादित तवरले तथा भिडभाड नगरी मनाउन दूतावासको आग्रह छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल