२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १ गतेदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलमा व्यवसायी र श्रम प्रतिनिधिलाई ‘नो इन्ट्री’

२०७७, १७ पुष शुक्रबार ११:२७

मनोज पराजुली । पुस १७, काठामाडौं । वैदेशिक रोजगार विभागले आगामी माघ एक गतेबाट नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली मार्फत नै दिने भएको छ । विभागले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आजबाट पुन: श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था कार्यन्वयनमा ल्याएसंगै नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली बाटै दिन लागिएको हो ।

आगामी माघ १ गतेदेखि नयाँ श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै सेवा अनलाइन मार्फत नै दिनेगरी तयारी गरेका छौं विभागका महानिर्देशक कुमार दहालले साझा सबालासंग भने “अनलाइन प्रणालीमा गएसँगै ताहाचल कार्यालयमा श्रम प्रतिनिधिको उपस्थिति रहनेछैन, केवल कार्यालयका कर्मचारीले डिजिटल प्रणालीमा नै सेवा दिनेछन् ।” 


हाल वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा नहुँदा म्यानपावर कम्पनीहरुले डिमाण्डको पुर्व स्वीकृति तथा नयाँ श्रम स्वीकृतिको लागि फाइल बोकेर ताहाचल कार्यालय जानुपर्ने बाध्यता रहेको छ । तर विभागले अनलाइन प्रणालीलाई पूर्ण रुपमा कार्यन्वयनमा लगेपछि सेवा लिनकै लागि म्यानपावर व्यवसायी र श्रम प्रतिनिधि ताहाचल जानुपर्ने बाध्यता हट्ने महानिर्देशक दहालले बताए ।  

चलखेलमा निषेध 

वैदेशिक रोजगार कार्यालय ताहाचलमा म्यानपावर व्यवसायीले डिमाण्डको पुर्व स्वीकृति लिनुपर्दा श्रमिकको कोटा अनुसार कर्मचारीलाई रकम बुझाउनुपर्ने बाध्यता रहेको आरोप लगाउंदै आएका छन् । त्यतिमात्र होइन श्रम स्वीकृति निकाल्नुपर्दा विभिन्न बाहाना बनाएर कर्मचारीले फाइल रोक्ने गरेको व्यवसायीले बताउंदै आएका छन् तर अबदेखि कार्यालयमा म्यानपावर र श्रमप्रतिनिधिको उपस्थिति नै नहुने भएकोले यसमा पनि सुधार हुने विभागको बुझाई छ । 

अनलाइनबाटै पुनः श्रम स्वीकृति, के-के चाहिन्छ कागजात ? 

विभागले आजदेखि अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति सेवा शुरु गरेको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन  सक्नेछन् । 

एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइनबाट पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् । 

अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न वेबसाइट www.dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)' मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही भर्नुपर्नेछ । त्यस्तै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन ।

त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक इ सेवा मार्फत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालयमा एवं उपस्थित भइरहनु पर्दैन । 

अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन के-के चाहिन्छ ?

१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि 

२. राहदानीको प्रतिलिपि

३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा

४. रोजगार करारपत्र

५. जीवन बिमा  

६. कल्याणकारी कोषमा रकम भुक्तानी 

माथिमा ६ कागजात भएमा सम्बन्धित देशको दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ । पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिनेछ । विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै