2026-07-25 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर एजेन्टले बनाइदिए नक्कली पिसीआर रिपोर्ट, भिजिटमा युएई जान लागेका ७ पक्राउ

पुस २०, काठमाडौँ | फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना नेपाली शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु भिजिट भिसामा युएई जान लागेका थिए । 

युएई जाने क्रममा विमानस्थलका कर्मचारीहरुलाई शंका लागेर जाँच गर्दा उनिहरुको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको भेटिएको थियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले सातै जनालाई प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ परेकाहरुलाई गौशाला प्रहरीले हिरासतमा राखेको छ । पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेज नारायण महतो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुर  घर भएका रोशन प्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोक घर भएका माइला तामाङ छन् । उनीहरुको साथबाट ६ जनाको ह्याम्स अस्पताल र एक जनाको सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरी काठमाडौँको नक्कली पीसीआर रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुले मेनवार कम्पनीमार्फत भिजिट भिसामा दुबईमा काम गर्ने प्रलोभनमा जान लागेको बयान दिएका छन् । उनीहरुको नक्कली रिपोर्ट एजेन्टले बनाइदिएको युवाहरुले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक