२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्किंदा अरुको सामान नबोक्न दूतावासको आग्रह

२०७७, २० पुष सोमबार १०:४७

पुस २०, काठमाडौँ | कतार-काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ | दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी  सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो |

"कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लेजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ ।" दूतावासले जारी गरेको सूचनामा भनिएको छ, कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य बस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा अनुरोध छ ।'

कानुनले तोकेको परिमाणभन्दा बढी बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत र कारबाही समेत हुने भएकाले जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्न दुतावासले सचेत गराएको छ |

त्यस्तै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिदबील साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने सामानहरु नलैजान दुतावासले अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय