2026-09-04 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा मेसिनले औला काटियो, तलबनै नदिई नेपाल फर्काइदै

पुस २१, काठमाडौँ | सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा पुगेका सिरहाका प्रकास यादवको तीन महिना अघि काम गर्ने क्रममा मेसिनले हातको तीन वटा औला काटियो । 

हातको औला काटिएपछि उनलाई कम्पनी उपचार समेत नगरिदिएको यादवको गुनाशो छ । त्यसोत तीन महिनादेखि उनले काम समेत पाएनन् । म्यानपावर एजेन्टले प्याकिङमा भनेर पठाएको भएपनि मेसिन चलाउने काममा लगाएको र सोहि मेसिनले औला काटिएपछि काम गर्न नसक्ने भएको उनले बताए । हात काटिएपछि कम्पनीले दुई महिनादेखि तलब समेत नदिएको यादवले बताएका छन् । 

यादव आगामी १३ तारिकमा नेपाल फर्कदैछन् । उनलाई कम्पनीले मेडिकल अनफिट रिपोर्ट बनाएर नेपाल फर्काउन लागेको छ । उनले भने ‘मलाई आगामी १३ तारिकमा नेपाल फर्काउदैछ तर एएरपोर्टबाट घरसम्म पुग्ने पैसा समेत छैन ।’ आफू कम्पनीमा काम गर्ने क्रममै हातको औला काटिएपछि आवश्यक पहलको लागि सम्बन्धित म्यानपावर कम्पनीमा समेत खबर गर्दा कुनै समाधान नभएको उनले गुनाशो गरे । यस विषयमा वैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावासमा समेत दुई महिना अघिनै जानकारी गराएको यादवले जनाएका छन् ।

साझासबाल मिडियाले उनलाई उनको समस्यालाई हेर्ने निकाय वैदेशिक रोजगार बोर्डसँग गुनाशो राख्न नम्बरहरु उपलब्ध गराएको थियो तर त्यसमा पनि सम्पर्क नभएको उनले गुनाशो गरे । यसै सम्बन्धमा मिडियाबाट वोर्डको वेबसाइटमा उपलब्ध भएका नम्बरहरुमा फोन गर्ने प्रयास हुँदा दुवै नम्बरहरु उठेनन् । यादवको गुनाशो छ ‘अहिलेसम्म कसैले मेरो समस्यामा ध्यानाकर्षण गरेनन् । मैले श्रम स्वीकृति लिएर आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् ।’ 

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ, क्षेतीपूर्तिको त कुरा छोडौं दुई महिनाको तलब समेत दिएको छैन । नेपाल एएरपोर्टबाट घरसम्म जाने खर्च समेत छैन ।’ उनले अगाडी भने ‘म्यानपावरले त फोन नै उठाउन छाड्यो । दुतावासका तीन जनासँग कुरा गर्दा एक जनाले चासो दिनुभएको छ तर पनि मलेसियाबाट घर फर्कने दिन आईसक्यो । मैले काम गरिखाने हातको औला गुमाएको छु । अब नेपालमा के गरेर खाने भन्ने चिन्ता छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल