2026-09-04 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्किने समय थप्यो

पुस २१, काठमाडौँ | ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि थपेको छ | ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार उक्त अवधि थपीएको हो |

यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० सम्म श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय गरेको थियो |

सो अवधि आउँदो मार्च २०२१ सम्मका लागि थपिएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ | ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ | 

यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) नेपाली मस्कट स्थित नेपाली दूतावास र  दिनेश ढकाल श्रम सहचारी (7159-2506 [email protected]) सँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल