२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि विदेश जानेले म्यानपावर कम्पनीको बैंक खातामा मात्रै रकम जम्मा गर्नुपर्ने

२३ पुष २०७७, बिहीबार ०५:५९

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित म्यापावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्न अनुरोध गरेको छ । विभागले सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प्रवद्र्दन खर्च लगायतको रकम संस्थाको बैंक खाता मार्फत मात्र लिन पनि अनुरोध गरेको हो ।

विभागले वैदेशिक रोजगारमा जान लागेका व्यक्तिलाई अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्वन्धित म्यानपावर कम्पनीलाई सक्कल राहदानी –पासपोर्ट) लगायतका आवश्यक कागजात बुझाउन र त्यस्ता कागजातहरुको प्रतिलिपि वा स्क्यान कपी सुरक्षित राख्न पनि आग्रह गरेको छ ।

त्यसैगरी विभागले इजापत्रवाला वा म्यानपावर कम्पनी बाहेक अन्य कसैसँग वैदेशिक रोजगार सम्बन्धी व्यवहार नगर्न तथा कसैले आफु म्यानपावर कम्पनीसँग सम्वद्ध रहेको भनेमा विभागको वेबसाइट हेरी एकिन गर्न आग्रह गरेको छ । त्यस्तै विभागले अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गराउन आग्रह गर्दै अनलाइन गर्दा पासवर्ड बिर्सिएमा विभागको  अनलाइन प्रणालीमा गई पासवर्ड प्राप्त गर्न सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह