2026-06-22 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि विदेश जानेले म्यानपावर कम्पनीको बैंक खातामा मात्रै रकम जम्मा गर्नुपर्ने

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित म्यापावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्न अनुरोध गरेको छ । विभागले सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प्रवद्र्दन खर्च लगायतको रकम संस्थाको बैंक खाता मार्फत मात्र लिन पनि अनुरोध गरेको हो ।

विभागले वैदेशिक रोजगारमा जान लागेका व्यक्तिलाई अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्वन्धित म्यानपावर कम्पनीलाई सक्कल राहदानी –पासपोर्ट) लगायतका आवश्यक कागजात बुझाउन र त्यस्ता कागजातहरुको प्रतिलिपि वा स्क्यान कपी सुरक्षित राख्न पनि आग्रह गरेको छ ।

त्यसैगरी विभागले इजापत्रवाला वा म्यानपावर कम्पनी बाहेक अन्य कसैसँग वैदेशिक रोजगार सम्बन्धी व्यवहार नगर्न तथा कसैले आफु म्यानपावर कम्पनीसँग सम्वद्ध रहेको भनेमा विभागको वेबसाइट हेरी एकिन गर्न आग्रह गरेको छ । त्यस्तै विभागले अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गराउन आग्रह गर्दै अनलाइन गर्दा पासवर्ड बिर्सिएमा विभागको  अनलाइन प्रणालीमा गई पासवर्ड प्राप्त गर्न सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने