२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका-जापान पठाइदिने भन्दै नक्कली विवाह, डेढ करोड ठगि गर्ने विद्या सरकार प्रहरी हिरासतमा

२०७७, २४ पुष शुक्रबार ०३:५९

पुस २४, दैलेख | दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गर्ने एक युवती प्रहरी अनुसन्धानमा तानिएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाकि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरेको हो । 

स्थानीय तहसँगको समन्वयमा ति युवतीले कोरोना (कोभिड–१९) रोकथामका लागि ८० लाख बराबरको सामान उधारोमा खरिद गरेर वितरण गरि स्थानीयलाई प्रभावमा पारेकी थिइन् । उनले सो काम गर्ने क्रममा युवाहरुसँग नक्कली बिबाह गरि अमेरिका र जापान पठाइदिने  भन्दै ८० लाख बराबरको ठगि समेत गरेको पाइएको छ । पिडितहरुले दिएको उजुरीको आधारमा प्रहरीले युवतीलाई पक्राउ गरेको थियो । 

अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बताउने ति युवतीले कोरोना रोकथामका लागि राहत बाँडेको स्थानीयलाई बताउने गरेकी थिइन । उनले सोहि प्रभावमा पारि दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिएर बाँडेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ । 

युवती विरुद्ध सुनसरी, झापा लगायत जिल्लामा समेत उजुरी परेको थियो । तर दैलेख प्रहरीको पहलमा उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरी हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख लगिएको छ । 

युवतीले एक युवालाई फेसबुकमा साथी बनाएर तिनै युवकको घरमा बस्दै कोरोना र पहिरो पीडित परिवारहरूलाई राहत बाँडेको नाममा ठगिको जाल फैलाएको बुझिएको छ । साथै आफु बसेको घरको पारिवारिक राजनीतिक पहुँचको आडमा ठगी गरेको खुलेको छ । 

ठगिधन्दा अघि उनले आफू सिंगापुर रेडक्रस सोसाइटीको सीईओ बताउँथिन् । कर्मचारी भन्दै अरु दुई जनालाई पनि दैलेख लगेकी थिइन् । उनको फेसबुक प्रोफाइलले ठूलै मान्छे हुन् भन्ने भ्रम छर्नलाई थप बल पुर्याएको थियो । उनले पूर्वराजा, शीर्ष नेता, कलाकारदेखि प्रहरीसँग खिचेका फोटा फेसबुकमा पोस्ट गरेकी छन् । जसलाई हेरेर पनि युवाहरु उनको फन्दामा परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ