2026-09-25 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदार नआउँदै क्यूभिसीमा एप्वाइन्टमेन्ट नलिन आग्रह

पुस २४, काठमाडौं । केही वैदेशिक रोजगार व्यवसायीले कतार भिसा सेन्टर (क्यूभिसी)मा फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण दिनुपर्ने व्यक्ति काठमाडौं नआउँदै अनलाइन आवेदन गर्ने गरेका कारण काठमाडौंमा रहेका व्यक्तिहरु पालो पाउनबाट बञ्चित भएका छन् । 

क्यूभिसीले दैनिक एक सय ५० व्यक्तिहरुलाई सेवा दिने कोटा निर्धारण गरेको छ । त्यसका लागि अनलाइन एप्वाइन्टमेन्ट लिनुपर्छ । कतिपय म्यानपावर कम्पनीहरुले काठमाडौं आइनपुगेको व्यक्तिको पनि अनलाइन एप्वाईन्टमेन्टका लागि आवेदन गर्ने तर तोकिएको समयमा क्यूभिसीमा उपस्थित नहुने गरेका छन् । 

त्यसका कारण दैनिक अनलाइन एप्वाइन्टमेन्ट पाएकामध्ये करिब आधा व्यक्तिको मात्र फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरण लिने काम हुने गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष एवं नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्र प्रसाद ढकालले साझा सबाललाई बताए । 

अनुपस्थित व्यक्तिले ठाउँ ओगट्दा काठमाडौंमा आएर फिङ्गर प्रिन्ट लगायत वायोमेट्रिक विवरणका लागि पर्खिरहेका कामदारको समय र लगानी खेर गैरहेको भन्दै उनले वैदेशिक रोजगारमा जाने व्यक्ति काठमाडौंमा उपस्थित नभएसम्म अनलाइन एप्वाइन्टमेन्टका लागि आवदेन नगर्ने इमान्दारिता व्यवसायीले देखाउनु पर्ने उनले आग्रर गरे । 

क्यूभिसीले एक पटक अनलाइन आवदेन गरेको व्यक्ति तोकिएको समयमा नआए एक हप्तापछि मात्र आवेदन गर्न पाउने व्यवस्था गर्न लागेकोले कामदार आउने निश्चित नभएसम्म एप्वाइन्टमेन्ट लिँदा कामदारकै अहितमा हुने उनको टिप्पणी छ । 

रोजगारका लागि कतार जाने नेपाली कामदारले भिसा, स्वास्थ्य परीक्षण, औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बीमा र भिसा प्रोसेसिङका काम क्यूभिसीबाट पाउने गरेका छन् । 

यस्तै, कामदारको सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि यहीँ पूरा हुने गरेको छ । यी प्रक्रिया पूरा भएपछि कतार पुगेलगत्तै नेपाली कामदारले कतारमा परिचयपत्र पाउने गरेको क्यूभिसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक