2026-09-25 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा म्यानपावरको डिमाण्ड, अर्कैबाट अन्तर्वार्ता र चर्को अशुली (भिडियो सहित)

अनिल अधिकारी | पुस २४, काठमाडौँ | बहराइनको एक कम्पनीमा वैदेशिक रोजगारमा जान लागेका पाँच जना युवाहरुले शुक्रबार बिहान वैदेशिक रोजगार विभागमा उजुरी दिए । उनीहरुको गुनासो थियो ‘म्यानपावरले बहराइन जान प्रति व्यक्ति १ लाख ३० हजार माग्यो ।’ उनीहरुले विभाग समक्ष गुनासो गर्दै भने ‘हामीसँग म्यानपावरले जनही १ लाख ३० हजार मागेको छ । ५० हजार पहिलेनै बुझाएका छौं, हामीसँग म्यानपावरले मागेको जति पैसा त छ तर काठमाडौँ बस्दा होटलमा तिर्नु पर्ने र एयरपोर्टसम्म पुग्ने भाडा पुग्दैन । त्यहि भएर म्यानपावरसँग १/१ हजार छुट दिन आग्रह गर्यौं तर मानेन । त्यहि भएर उजुरी दिन बिभाग आउन बाध्य भयौं ।’ 

पीडितहरुको समस्यामा वैदेशिक रोजगार विभागले तत्काल एक्सन लिने योजना बनाएर अनुगमन टोलीसहित बसुन्धरा चौकीमा रहेको ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट म्यानपावरमा छापा हान्यो । छापा हान्ने क्रममा युवाहरुले बुझाएको २ लाख ६२ हजार नगद सहित म्यानपावरका कर्मचारी प्रदिप भण्डारी रंगेहात समातिए । म्यानपावरको जनसम्पर्क डेस्कमा कार्यरत भण्डारीले म्यानपावरका बादल दंगालीको आग्रहमा पीडितहरुसँग पैसा लिएको स्वीकारेका छन् ।

वैदेशिक रोजगार विभागले अनुसन्धानको क्रममा एक्सिस पार्टनर नेपाल प्रा.लिमा आएको डिमाण्डको अन्तर्वार्तादेखि अशुलीको काम समेत ग्रोथ प्रोसेस इम्प्लोइमेन्ट प्रा.लिमा भएको खुलेको छ । ग्रोथ प्रोसेस म्यानपावरमा कार्यरत भनिएका बादल दंगाली एक्सिस पार्टनर नेपालका समेत आवद्ध रहेको अशुलीमा संलग्न कर्मचारी प्रदिप भण्डारीले बताएका छन् । 

विभागले अनुगमन गर्ने क्रममा ग्रोथ प्रोसेस म्यानपावरका संचालकलले आफ्नै म्यानपावरमा भएको आर्थिक कारोवारबारे थाहा नभएको बहाना बनाएका छन् । 

वैदेशिक रोजगार विभागले अनुगमनको क्रममा दुवै म्यानपावर अनुसन्धानमा तानिने साझा सबाल मिडियालाई जानकारी दिएको छ । विभागका अनुसन्धान अधिकृत कुशल बरालले एउटा म्यानपावरको डिमाण्डमा अर्को म्यानपावरले अशुली गरेको पाइएको हुँदा दुवै म्यानपावरको कारोवार रोक्का गरि बिभागमा बोलाइने बताए । 

पीडितहरुको उजुरीको आधारमा बिभागले छापा हानेपछि पिडित पाँचै युवाहरुबाट अशुली गरिएको पैसा फिर्ता हुने र वैदेशिक रोजगारको सम्पूर्ण कागजात उपलब्ध गराई पठाइएको छ । उनिहरुमध्ये ४ जना आज रातिको उडान र एक युवा भोली बिहानको उडानमा बहराइनको लागि उड्दैछन् । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक