२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा म्यानपावरको डिमाण्ड, अर्कैबाट अन्तर्वार्ता र चर्को अशुली (भिडियो सहित)

२४ पुष २०७७, शुक्रबार १५:४२

अनिल अधिकारी | पुस २४, काठमाडौँ | बहराइनको एक कम्पनीमा वैदेशिक रोजगारमा जान लागेका पाँच जना युवाहरुले शुक्रबार बिहान वैदेशिक रोजगार विभागमा उजुरी दिए । उनीहरुको गुनासो थियो 'म्यानपावरले बहराइन जान प्रति व्यक्ति १ लाख ३० हजार माग्यो ।' उनीहरुले विभाग समक्ष गुनासो गर्दै भने 'हामीसँग म्यानपावरले जनही १ लाख ३० हजार मागेको छ । ५० हजार पहिलेनै बुझाएका छौं, हामीसँग म्यानपावरले मागेको जति पैसा त छ तर काठमाडौँ बस्दा होटलमा तिर्नु पर्ने र एयरपोर्टसम्म पुग्ने भाडा पुग्दैन । त्यहि भएर म्यानपावरसँग १/१ हजार छुट दिन आग्रह गर्यौं तर मानेन । त्यहि भएर उजुरी दिन बिभाग आउन बाध्य भयौं ।' 

पीडितहरुको समस्यामा वैदेशिक रोजगार विभागले तत्काल एक्सन लिने योजना बनाएर अनुगमन टोलीसहित बसुन्धरा चौकीमा रहेको ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट म्यानपावरमा छापा हान्यो । छापा हान्ने क्रममा युवाहरुले बुझाएको २ लाख ६२ हजार नगद सहित म्यानपावरका कर्मचारी प्रदिप भण्डारी रंगेहात समातिए । म्यानपावरको जनसम्पर्क डेस्कमा कार्यरत भण्डारीले म्यानपावरका बादल दंगालीको आग्रहमा पीडितहरुसँग पैसा लिएको स्वीकारेका छन् ।


वैदेशिक रोजगार विभागले अनुसन्धानको क्रममा एक्सिस पार्टनर नेपाल प्रा.लिमा आएको डिमाण्डको अन्तर्वार्तादेखि अशुलीको काम समेत ग्रोथ प्रोसेस इम्प्लोइमेन्ट प्रा.लिमा भएको खुलेको छ । ग्रोथ प्रोसेस म्यानपावरमा कार्यरत भनिएका बादल दंगाली एक्सिस पार्टनर नेपालका समेत आवद्ध रहेको अशुलीमा संलग्न कर्मचारी प्रदिप भण्डारीले बताएका छन् । 

विभागले अनुगमन गर्ने क्रममा ग्रोथ प्रोसेस म्यानपावरका संचालकलले आफ्नै म्यानपावरमा भएको आर्थिक कारोवारबारे थाहा नभएको बहाना बनाएका छन् । 


वैदेशिक रोजगार विभागले अनुगमनको क्रममा दुवै म्यानपावर अनुसन्धानमा तानिने साझा सबाल मिडियालाई जानकारी दिएको छ । विभागका अनुसन्धान अधिकृत कुशल बरालले एउटा म्यानपावरको डिमाण्डमा अर्को म्यानपावरले अशुली गरेको पाइएको हुँदा दुवै म्यानपावरको कारोवार रोक्का गरि बिभागमा बोलाइने बताए । 

पीडितहरुको उजुरीको आधारमा बिभागले छापा हानेपछि पिडित पाँचै युवाहरुबाट अशुली गरिएको पैसा फिर्ता हुने र वैदेशिक रोजगारको सम्पूर्ण कागजात उपलब्ध गराई पठाइएको छ । उनिहरुमध्ये ४ जना आज रातिको उडान र एक युवा भोली बिहानको उडानमा बहराइनको लागि उड्दैछन् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह