२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

२०७७, २६ पुष आईतवार ०५:५१

पुस २६, बाजुरा | बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । 

पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५ गते राति आएको अविरल वर्षाका कारण गएको पहिराले नहर भत्काएपछि विद्युत् अवरोध भएको चार महिना बितिसक्दा मर्मत नहुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । 

पहिराले  विद्युत्को नहर बगाएको पाँच महिना बितिसक्दा पनि नगरपालिका र विद्युत् सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गरेका छन् । विद्युत् सेवा उपयोग गर्दै आएका स्थानीयवासी अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्योलमा छन् । अहिले पहिराले नहर नै बगाएको लामो समय भइसक्दा पनि निर्माण नगर्नु विद्युत् सञ्चालक समिति गैरजिम्मेवार बनेको वडा नं ३ का शुकवीर खड्काले बताउनुभयो । 

विद्युत्को नहर भन्दामाथि नगरपालिकाले काटेको सडकका कारण पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत् सेवा नहरमा  माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु सञ्चालकको लापरवाही भएको खड्काको भनाइ छ । 

सडकले गर्दा अहिले हामीले विद्युत् बाल्न नपाएको विद्युत् सञ्चालक समितिले जनाएको छ । पहिराले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विद्युत् सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले बताउनुभयो । 

आर्थिक अभावका कारणले विद्युत्को नहर बनाउन  समस्या भएको व्यवस्थापक रेग्मीले जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो