२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किनुभयो ? सीप परीक्षणका लागि नयाँ मिति तोकियो, कहाँ सम्पर्क राख्ने ? हेर्नुहोस्

२६ पुष २०७७, आईतवार ०५:५७

पुस २६, काठामाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी, भक्तपुरले सीप परीक्षणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । समितिले पुस २३ गते एक सूचना प्रकाशित गरि माघ ०४ गतेबाट सीप परीक्षण हुने जनाएको हो ।  

राष्ट्रिय सीप परीक्षण समिति तथा तोकिएका सीप परीक्षण केन्द्रहरुमा २०७६ मंसिर, पौष महिनामा सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन पेश गरी सीप परीक्षणको मिति प्राप्त गरेका तर २०७६ चैत्रबाट कोभिड-१९ का कारण परीक्षण बिचमा रोकिएका तथा शुरु नभएका (वैदेशिक रोजगार वोर्ड लगायत अन्य संस्थाको प्रायोजन समेतका) व्युटिसियन, बारबर वाहेकका पेशा व्यवसायहरुको सीप परीक्षण हुन लागेको हो । 

परीक्षार्थीहरुले सम्बन्धित सीप परीक्षण केन्द्रमा मिति २०७७ पौष २९ गते सम्म सम्पर्क गर्नुहुन तथा थप जानकारीका लागि मोवाईल नं. ९८५११२७०८०, ९८५११६३९६४ र वेभसाईट www.nstb.org.np मा सम्पर्क गर्न /हेर्नुहुन समितिले अनुरोध गरेको छ ।

साथै सम्बन्धित सीप परीक्षण केन्द्रहरुले परीक्षार्थीहरुको नयाँ प्रकाशित सीप परीक्षण तालिका अनुसारको प्रवेश पत्र प्रिन्ट गरी वितरण गर्नु गराउन हुन अनुरोध गरिएको छ । कोरोना संक्रमण जोखिम कायमै रहेकोले सीप परीक्षण सम्बन्धी प्रकृयामा सामेल हुँदा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड निर्देशनहरु पूर्ण रुपमा अनिवार्य पालना गर्न गराउन हुन समितिले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ