२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किनुभयो ? सीप परीक्षणका लागि नयाँ मिति तोकियो, कहाँ सम्पर्क राख्ने ? हेर्नुहोस्

२०७७, २६ पुष आईतवार ०५:५७

पुस २६, काठामाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी, भक्तपुरले सीप परीक्षणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । समितिले पुस २३ गते एक सूचना प्रकाशित गरि माघ ०४ गतेबाट सीप परीक्षण हुने जनाएको हो ।  

राष्ट्रिय सीप परीक्षण समिति तथा तोकिएका सीप परीक्षण केन्द्रहरुमा २०७६ मंसिर, पौष महिनामा सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन पेश गरी सीप परीक्षणको मिति प्राप्त गरेका तर २०७६ चैत्रबाट कोभिड-१९ का कारण परीक्षण बिचमा रोकिएका तथा शुरु नभएका (वैदेशिक रोजगार वोर्ड लगायत अन्य संस्थाको प्रायोजन समेतका) व्युटिसियन, बारबर वाहेकका पेशा व्यवसायहरुको सीप परीक्षण हुन लागेको हो । 

परीक्षार्थीहरुले सम्बन्धित सीप परीक्षण केन्द्रमा मिति २०७७ पौष २९ गते सम्म सम्पर्क गर्नुहुन तथा थप जानकारीका लागि मोवाईल नं. ९८५११२७०८०, ९८५११६३९६४ र वेभसाईट www.nstb.org.np मा सम्पर्क गर्न /हेर्नुहुन समितिले अनुरोध गरेको छ ।

साथै सम्बन्धित सीप परीक्षण केन्द्रहरुले परीक्षार्थीहरुको नयाँ प्रकाशित सीप परीक्षण तालिका अनुसारको प्रवेश पत्र प्रिन्ट गरी वितरण गर्नु गराउन हुन अनुरोध गरिएको छ । कोरोना संक्रमण जोखिम कायमै रहेकोले सीप परीक्षण सम्बन्धी प्रकृयामा सामेल हुँदा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड निर्देशनहरु पूर्ण रुपमा अनिवार्य पालना गर्न गराउन हुन समितिले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ