साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जलवायुमैत्री पानी व्यवस्थापन गोष्ठी

२० श्रावण २०७३, बिहीबार ०५:४१

साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको साझेदारी र नेपाल, भारत तथा अस्टे«लियाका अनुसन्धानकर्ताको सहकार्यमा साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास)ले गोष्ठीको आयोजना गरेको हो । 

सहरीकरण र जलवायु परिवर्तनबाट हुने विभिन्न समस्याको दीर्घकालीन उपायको खोजी गर्न धरानका विभिन्न क्षेत्रको अध्ययन र अनुसन्धान गरी त्यसका आधारमा नीतिनिर्माण एवम् नीति कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई मद्दत पु¥याउने उद्देश्यले अनुसन्धान थालिएको सियासका कार्यकारी निर्देशक ङमिन्द्र दाहालले बताउनुभयो । उहाँले नेपालको धरान र धुलिखेल दुई सहरमा करिब तीन वर्ष अनुसन्धान गरिने बताउनुभयो । 

गोष्ठीमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक एवम् नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, गाविस महासङ्घका निवर्तमान अध्यक्ष तथा नेकपा ९एमाले० का जिल्ला उपाध्यक्ष रमेश बस्नेत, धरान नगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखे, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर जकबहादुर खड्का, काजीराम कार्की लगायतले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । 

नेपाल खानेपानी संस्थान धरानका इन्जिनियर रामकुमार श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का सम्फर तामाङ, महिला सञ्जाल धरानका अध्यक्ष शीला बज्राचार्य, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, धरान खानेपानी व्यवस्थापनका सदस्य आनन्द श्रेष्ठ र देवराज श्रेष्ठ, धरान नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य सङ्घका उद्योग सचिव महेन्द्र प्रधानलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका पदाधिकारीले पनि बोल्नुभएको थियो । 

गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अनुसन्धानका क्रममा अनुसन्धानकर्ताले धरानको पानी, पर्यावरण र जनजीविकाको सवाललाई विभिन्न विधाबाट अध्ययन गर्ने, समस्या पहिचान गर्ने र निवारणका उपाय खोज्ने हुँदा धरानवासीका लागि यो अनुसन्धानबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने