2026-09-04 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर कम्पनीमा अग्रिम शुल्क नबुझाउनू, अन्तर्वार्ता अगावै सक्कल कागजात नदिनु’

पुस २७, काठमाडौं | म्यानपावर कम्पनीहरुले अग्रिम रूपमा रकम अशुली गर्न थालेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागले त्यसरी अग्रिम शुल्क नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई आग्रह गरको छ । 

बिभागले गत पुस २२ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जान लागेका युवाहरुले अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्बन्धित म्यानपावरहरुलाई सक्कल राहदानी लगायत आवश्यक कागजातहरुका सक्कलप्रति बुझाउन अनुरोध गरेको छ साथै म्यानपावरहरुलाई समेत यस सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।  विभागले म्यानपावर कम्पनीहरुले सीमित माग आएको भन्दै रोजगारमा जान इच्छुकहरुसँग अनुचित रकम उठाउन थालेपछि बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरको छ । विभागले अन्तर्वार्ता पास भईसकेपछि मात्र म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्न भनेको छ ।

सरकारी नीति अनुसार  कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान  जाने श्रमिकबाट बढीमा १० हजार रुपैया मात्रै सेवा शुल्क लिन पाइन्छ । मलेसिया र युएई जाने श्रमिकबाट म्यानपावर कम्पनीले सेवा शुल्क लिन पाउदैनन् 

 तर यो नीतिलाई म्यानपावर तथा वैदेशिक रोजगारमा पठाउनेहरुले टेरेका छैनन् । वैदेशिक रोजगारमा जानेहरुले डेढ लाखदेखि १२ लाखसम्म बुझाएर १० हजार रुपैयाको मात्र रसिद पाएको अवस्था छ । 

वैदेशिक रोजगारमा जाने अधिकांश श्रमिकलाई वैदेशिक रोजगारमा जान चर्को शुल्क तिर्नु पर्दैन भन्ने थाहा हुँदा-हुँदै पनि विदेश जान नपाउने डर तथा बाध्यतामा परेर म्यानपावर कम्पनीलाई पैसा बुझाइरहनु परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल