२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दूतावासले ११ माघबाट मागपत्र प्रमाणीकरण गर्ने

२७ पुष २०७७, सोमबार ०५:३२

पुस २७, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ गतेदेखि मागपत्र प्रमाणीकरण शुरू गर्ने भएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । 

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको करीब ७ महिनापछि साउदीस्थित नेपाली दुतावासले  नयाँ मागपत्र प्रमाणीकरण गर्ने सूचना जारी गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी  मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी एसोसिएसन लगायतका संघसंस्थाले मागपत्र प्रमाणीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि परराष्ट्र मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराएका थिए ।

राजदूतावासले यस अघि  गतवर्ष  २०७६ फागुन ४ मा प्रकाशन गरेको सूचना बमोजिम मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीबाट मात्र हुने जनाएको छ । मागपत्र प्रमाणीकरणका लागि २४ जनवरी २०२१ भन्दा अघि प्राप्त हुने कागजात उपर कुनै कारवाही नगरिने दूतावासले जनाएको छ ।

अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातहरू राजदूतावासको वेवसाइटबाट प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।

कोभिड(१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै दुतावनसले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल एवं कोभिड(१९ संक्रमणका कारण साउदी श्रम बजारमा परेको प्रभावकावीच कामदारको रोजगारीको सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणीकरण कार्यलाई सीमित संख्याबाट सावधानीपूर्वक शुरू गरी आवश्यकता अनुसार चरणवद्धरूपमा बिस्तार गर्दै लगिने बताएको  छ । 

साउदी अरबले घोषणा गरेको श्रम सुधार योजना  आगामी १४ मार्च २०२१ बाट लागू हुने  भन्दै दूतावासले त्यसलाई समेत दृष्टिगत गरी मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु उक्त मिति पछि मात्र साउदी अरबमा आउने व्यवस्था मिलाउन  इजाजतपत्रवाला संस्थाहरूलाई  आग्रह गरेको छ ।

कोभिड-१९ संक्रमण शुरू हुनु अगाडि मागपत्र प्रमाणीकरण गरी लगेका रोजगारदाताले आफ्नो कम्पनीमा ती मागपत्रबाट हालसम्म कामदार ल्याई नसकेको अवस्था भए यसरी आउने कामदारलाई विद्यमान अवस्थामा पनि रोजगारी दिन सक्षम छ भन्ने लागेमा सो पुष्टि गर्ने कागजातलाई च्याम्बर गरी पेश गर्न सकिने दुतावासले जनाएको छ ।

मागपत्र प्रमाणीकरणसंग सम्बन्धित विषयमा समस्या सिर्जना भई राजदूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा राजदूतावासको इमेल वा टेलिफोनमार्फत् अपरान्ह २ देखि ४ बजेसम्म मात्र अनिवार्यरूपमा अग्रिम समय  लिएर भेट गर्नु पर्ने  भन्दै भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने अनिवार्य गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ