2026-09-04 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेबियाले श्रम कानुन संशोधन गर्दै, विदेशी श्रमिकलाई के असर पर्छ ?

पुस २८, काठमाडौँ | नेपाली श्रमिकको रोजगार गन्तव्य मानिएको साउदी अरेबियाले श्रम कानुन संसोधनको प्रकृया थालेको छ | विदेशी श्रमिकहरुको व्यवस्थापनका लागि श्रम कानुन संशोधन गर्दै नयाँ योजना थालेको हो |

प्रस्तावित संशोधन अनुसार साउदीमा सरकारी अनुमति विना कुनै श्रमिकलाई रोजगारीमा लगाउने काम गरेमा जरिवानाको व्यवस्था गर्न लागिएको छ | जसअनुसार त्यस्तो काम गर्नेलाई दुई लाख देखि पाँचलाखसम्म आर्थिक जरिवाना हुने बताइएको छ |

संशोधनमा विदेशी श्रमिकको भर्ना प्रकृयामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ | विदेशी श्रमिक लिने रोजगारदाताले श्रम ईजाजत तथा त्यसको नविकरण, दुई बर्षको श्रम सम्झौता अवधि सकेर स्वदेश फर्किने टिकट लगायतको जिम्मेवारी लिनुपर्ने व्यवस्था छ |

तर साउदी छोडेर बाहिरिने तथा पुनः साउदी अरेविया प्रवेश गर्ने भिषा वापतको रकम भनें श्रमिकले नै व्यहोर्नु पर्ने व्यवस्था छ | हालसम्म सो रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको छ | स्थानीय संचारमाध्यमहरुका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले संशोधित कानुन तयार पारेको हो |

कुनै पनि श्रमिकलाई उसको वर्ण, रंग, लिङ्ग, उमेर, अपाङगता, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव गर्न नपाइने र गरिएमा त्यो दण्डनिय हुने संशोधनमा उल्लेख गरिएको छ | कुनै पनि श्रमिकको तलव, सुविधा पुरै वा आँशिक रुपमा रोक्न नपाइने र त्यसो गरिएमा त्यो बाध्यकारी श्रममा लगाएको रुपमा कारबाही हुने बताइएको छ |

साउदीले यसअघिनै विदेशी श्रमिकलाई एउटै रोजगारदातासँग श्रम सम्झौता अवधिभर काम गर्नैपर्ने तथा साउदी छोड्न समेत रोजगारदाताको अनुमति आवश्यक पर्ने कफाला प्रणाली निकट भविष्यमा अन्त्य गर्ने घोषणा

गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल