२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरा विमानस्थलविहीन सुदूरपश्चिमको एक मात्र जिल्ला

२ माघ २०७७, शुक्रबार ०९:१२

माघ २, काठमाडौँ | डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका छन् ।

नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ साल डडेल्धुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन ग¥यो तर काम अगाडि बढ्न सकेन् ।

त्यतिबेला सो टोलीमा सहभागी नेकपा डडेल्धुराका नेता डा तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा (एमाले)को तर्फबाट उक्त पहल कदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमत नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न सकेन । 

त्यतिबेला जिल्लाका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेल्धुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका–३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भागेश्वर सामुदायिक बन असिग्राम र अजयमेरु गाउँपालिका–१ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो । 

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल पाश्र्वचित्र(प्रोफाइल) तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम भइरहेको छ । 

पाश्र्वचित्र निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँ डडेल्धुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने बताउनुहुन्छ । धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद् र बर्खायामको बेला कुहिरोका कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको छ । डडेल्धुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने उहाँको भनाइ छ । 

डडेल्धुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए यहाँको व्यापार व्यवसायसमेत फस्टाउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले बताउनुभयो । जिल्लाको कतिपय भूभाग भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापार प्रवद्र्धनमा पनि विमानस्थलले सहयोग पुग्ने उहाँको भनाइ छ । डडेल्धुराका कतिपय पर्यटक स्थल, मल्लकालीन राजदरबार, विभिन्न शक्ति पीठ आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ