2026-07-25 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल साशा ओभरसिजमा छापा, चर्को लागतबिरुद्ध युवाहरु जाग्न थाले

अनिल अधिकारी | माघ ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशाला स्थित अल साशा ओभरसिज प्रा.लि.मा छापा मारेको छ । वैदेशिक रोजगारको क्रममा साउदीको एक कम्पनीमा जान लागेका युवासंग सरकारले तोकेभन्दा बढी रकम असुल गरिरहेको अवस्थामा छापा हानिएको हो ।

माथिको तश्वीरमा: अशुलीमा संलग्न एजेन्ट अनुप राई ।

मकवानपुरका अर्जुन अधिकारीले साउदी अरब जानका लागि अल साशा ओभरसिजलाई ९४ हजार पाँच सय रुपैयाँ बुझाए लगत्तै वैदेशिक रोजगार बिभागको टोली उक्त म्यानपावर कम्पनि पुगेको थियो । बिभागको टोली पुग्दा म्यानपावरले पैसा अशुलीमा अनुप राई भन्ने एजेन्ट परिचालन गरेको पाइएको छ । अशुलीमा संलग्न राई लकडाउन अघि अरुनै म्यानपावरमा कार्यरत रहेको बुझिएको छ । राईले आफूले पैसा अशुली गरे बापत म्यानपावरबाट १४ हजार पाउने समेत खुलाशा गरेका छन् । यस सम्बन्धमा म्यानपावरका सञ्चालक सुमन थापाले समेत सम्बन्धित कम्पनीले टिकटको पैसा नदिएको भन्दै कामदारसँग पैसा लिन बाध्य भएको बताएका छन् । 

वैदेशिक रोजगार बिभागले पिडितको उजुरीको आधारमा म्यानपावरले सरकारले तोके भन्दा चर्को रकम अशुली गरेको प्रमाणित भएपछि सम्बन्धित म्यानपावरका संचालक र अशुलीमा संलग्न राईलाई वैदेशिक रोजगार बिभागमा थप कारवाहीको लागि सोमबार बोलाएको छ । साथै पिडितलाई १० हजारमै साउदी उडाउने सहमति सहित सम्पूर्ण कागजात दिएर पठाएको छ ।  

कोरोना यता वैदेशिक रोजगार बिभागले अनुगमनको कामलाई तिब्रता दिएको छ । यस सम्बन्धमा पछिल्लो समय युवाहरुमार्फत चर्को अशुली भएको सम्बन्धमा उजुरीहरु बढेको कारण नियमित अनुगमन भईरहेको र यो अझै बढ्ने वैदेशिक रोजगार विभागका अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक