२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारमा जान के-के चाहिन्छ योग्यता ? कहाँ दिने आवेदन ? (भिडियो सहित)

२०७७, ८ माघ बिहीबार १३:४०

माघ ८, काठमाडौँ | ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

वैदेशिक रोजगार बिभागका महानिर्देशक दहालका अनुसार हाल ५ सय नेपालीले ईजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । अबको ४ महिना भीत्रै कामदार पठाइने महानिर्देशक दहालले साझा सबाल मिडियालाई जानकारी दिए । दहालको अनुसार ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला कामदार केयर गिभरको रुपमा इजरायल जान पाउनेछन् । 

बिभागमा महानिर्देशक दहालका अनुसार इजरायल रोजगारीमा नेपाल सरकारको संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि नीजि क्षेत्रलाई समावेश गरिएको छैन । यसअगाडी ईजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभर लगायतमा खुल्ला भएपनि नीजि क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण ईजरायलले नेपाली श्रमिक लिन रोकेको थियो । 

यसै बिषयमा साझा सबाल मिडियाले महानिर्देशकसँगको कुराकानीको आधारमा भिडियो अन्तर्वार्ता समेत लिएको छ, यस सम्बन्धमा पुरा जानकारी भिडियोमा तल हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण