२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा आन्दोलन घोषणा, के के छन् मागहरु ?

९ माघ २०७७, शुक्रबार ०४:५८

माघ ९, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभाग विरुद्ध आन्दोलनको घोषणा गरेको छ । विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष निकाल्दै संघले औपचारिक रूपमा आन्दोलन घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले आगामी आइतबार सुधारका माग राख्दै विभागको ध्यानाकर्षण गर्न घेराउ कार्यक्रम राखेको बताएको छ । 

संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको बताएको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन वाध्य पारेको बताए ।

महासचिव सुजित कुमार श्रेष्ठले व्यवसाय प्रवद्र्धन तथा सुशासनका लागि विभागले गर्नुपर्ने अत्यावश्यक सुधार गर्न आनाकानी गर्ने तर तर्साएर नियन्त्रणमा राख्ने शैली देखाएको दावी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली