२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट निराश भएर स्वदेश फर्किएका किसानको लोभलाग्दो आम्दानी

२०७७, १६ माघ शुक्रबार ०८:०२

माघ १६, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिनुभयो ।  उहाँको सपना केवल सपना मात्रै भयो । 

विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उहाँ नेपाल फर्किनुभयो । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उहाँले झलक्क सम्झिनुभयो, छिनखोलाकै पाखो पखेरो । 


उतिबेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उहाँले शुरु गर्नुभयो अलैँची खेती । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उहाँ  अहिलेका उम्दा अलैँची कृषक । शुरुमा एक रोपनी जग्गामा अलैँची खेती विस्तार गर्नुभयो । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाख बढी कमाएको उहाँले जानकारी दिनुभयो । यस वर्ष पनि सोही हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गर्नुभयो । यस वर्ष उहाँले ४०० किलो अलैँची उत्पादन गर्नुभएको थियो । अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ । उहाँले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आउनुभएको छ । 

अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२÷१३ लाख सजिलै आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँलाई यसरी वार्षिक यतिका रकम आम्दानी हुँदा शुरु शुरुमा त सपनजस्तै हुने गरेको थियो ।  उहाँले कहिल्यै यस पेशाबाट आम्दानी गर्नुभएको थिएन । अलँैची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको उहाँले अनुभव सुनाउनुभयो । “त्यहाँ दुःख गरेपनि वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन सकेन ।  अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक रु १२÷१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ हुने गरेको छ”, उहाँले भन्नुभयो, “यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।”

उहाँ नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष तथा लमजुङ शाखाको अध्यक्ष समेत हुनुहुन्छ । रोजगारी नभएर गाउँ छाड्ने गरेका र विदेशमा रहेका युवालाई गाउँगाउँमा आएर अलैँची खेती गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न उहाँको आग्रह छ । कति युवालाई त उहाँले विदेश जानबाट रोक्दै अलैँची व्यवसायमा आबद्ध गराएर सफल कृषकसमेत बनाइसक्नुभएको छ । उहाँले जिल्लाका युवा तथा कृषकलाई अलैँची खेतीमा आबद्ध गराउँदै सफल कृषक बनाउनमा ठूलो योगदान दिनुभएको छ । 

अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैँची खेती गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले पनि अलैँची व्यवसायय शुरु गर्नुअघि १० वर्ष मलेसियामा काम गर्नुभयो । विदेशको रोजगारीले खासै प्रगति । सुनौलो भविष्य देखेर गएका उहाँको जीवन सोचेजस्तो हुन सकेन । “कडा परिश्रम गरेकै थिएँ, तर आम्दानी सोचेजस्तो नहुँदा परिवारको खर्च पनि चलाउन मुस्किल भयो”, उहाँले भन्नुभयो, “घडेरी, सम्पत्ति जोड्ने कुरात परको हुन पुग्या, घरखर्च चलाउन पनि मुस्किल भयो ।” विदेशबाट फर्किएपछि गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैँची खेती विस्तार गर्न थाल्नुभयो । विदेशबाट आउने बित्तिकै २३ वर्षअघि शुरुमा एक रोपनी जग्गाबाट अलैँची खेती विस्तार गरेका उहाँले अहिले ४० रोपनी क्षेक्रफलमा अलैँची खेती गर्नुभएको छ । विदेशमा कमाइ गर्न नसके पनि नेपालमा नै अलैँची खेतीबाट धेरै राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । 


वार्षिक रु सात लाखसम्म अलैँची दानाबाट आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । उहाँले स्थापना गर्नुभएको खाचे अलैँची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैँचीको बिरुवा बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ । विदेशमा गर्न नसकेको आम्दानी परिवारको साथमा बसेरै राम्रो आम्दानी भएपछि अहिले उहाँलाई अलैँची व्यवसाय ढिलो शुरु गरेको र विदेश गएकोमा पछुतो छ ।

तामाङद्वय जस्तै अर्का अलैँची कृषक मस्र्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक रु ९÷१० लाख आम्दानी गर्दै आउनुभएको छ । अलँैची खेति शुरु गर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उहाँ विदेश पुग्नुभयो । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडीमुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आउनुभएको छ । यस वर्ष अलैँची बिक्रीबाट करीब रु पाँच लाख आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । विदेशमा दुई लाख रुपैयाँ आम्दानी गर्न कठिन भएको बताउँदै उहाँले अहिले अलँैचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाउनुभयो । “विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ”, उहाँले भन्नुभयो ।

अलैँची खेती यस जिल्लामा ३६ वर्षअघिबाट शुरुआत भएको अलैँची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । अलैँची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उहाँले बताउनुभयो । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेको जनाउँदै उहाँले परम्परागत खेतीभन्दा अलैँची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको बताउनुभयो । जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका छन् । 

जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ