माघ १८, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिन सार्वजनिक अपिल गरेको छ । संघले गैरकानुनी तरिकाले वैदेशिक रोजगारमा पठाउने कार्यको बिरोधमा संघ रहेको भन्दै बिधिसम्मत संचालन गरिने र हुने काम कारोवारमा मात्र व्यवसायीको पक्षमा रहेको जनाएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संघले श्रम स्वीकृति नलिई भिजिट भिसामा कामदार पठाउने काममा म्यानपावर व्यवसायी संलग्न भएको पाइए कारवाही गर्ने जनाएको छ । संघले भिजिट भिसामा कामदार पठाएको भनि सूचना आएका कम्पनीहरुलाई स्पष्टिकरण सोध्न सुरु गरेको समेत जनाएको छ ।

संघले भिजिट भिसामा पठाउने कार्यमा कुनै म्यानपावरको संलग्नता रहेको पाइए त्यस्तो संस्थालाई अधिकतम कारवाहीको लागि लेखि पठाउने जनाएको छ ।

संघले बिज्ञप्तिमा भनेको छ 'कुनै पनि वैदेशिक रोजगार संस्था संस्थागत रुपमा गैर कानुनी कार्यमा संलग्न रहेको सूचना जानकारी कोहि कसैलाई भएमा त्यस बारेमा संघलाई जानकारी गराई व्यवसय शुद्धिकरण गर्न र गलत काम गर्नेलाई दण्डित गर्न संघलाई सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरूध गरिन्छ ।'

संघको बिज्ञप्ति हेर्नुहोस्

January 31, 2021
काठमाडौँ - KTM, बैदेशिक रोजगार
‘वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिनुस्’ – संघ
By साझासवाल
3 मिनेट पढाइ