२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा स्वास्थ्य बीमा कार्यक्रम

२१ माघ २०७७, बुधबार ०८:४६

माघ २१, दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन हजार ५०० बुझाएमा एक वर्षका लागि रु एक लाख बराबरको स्वास्थ्य बीमा हुने छ । रु एक लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाउनेछन् । 

कार्यक्रमअन्तर्गत ६ देखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० बीमा शुल्क लाग्ने र रु दुई लाखसम्मको बीमा सरकारले गर्ने छ । स्वास्थ्य जोखिम न्यूनीकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगी भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो । 

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार सबै पालिकाका हरेक वडामा एकजना दर्ता सहयोगी छनोट गरी तथ्याङ्क सङ्कलन गरेर बीमामा सर्वसाधारणलाई आबद्ध गराउने काम शुरु हुने कार्यक्रम सहजकर्ता नरेश चौधरीले जानकारी दिनुभयो । जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखाप्रमुखहरुलाई स्वास्थ्य बीमा कार्यक्रमबारे अभिमुखीकरण गर्ने क्रम जारी छ । 

सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग, कुष्ठरोग, एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । 

यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई योगदानको रकम ५० प्रतिशत छुट हुने छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमाको कार्यक्रम शुरु भएसँगै दाङ ६६ जिल्लाको सूचीमा परेको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले प्रथम उपचार सेवाका रुपमा आफू बसोबास गरेको क्षेत्रको अस्पतालको नाम उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने