१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ

२१ माघ २०७७, बुधबार १२:५०

माघ २१, काठमाडौँ । आगामी बैशाख १७ र २७ मा हुने मध्यावधिक प्रतिनिधि सभा चुनावको लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ मागेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी आर्थिक कार्यविधि र बजेट २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार बजेट मागेको हो । 

आयोगले अर्थमन्त्रालयसँग उक्त बजेट माग्ने निर्णय गरेको छ । आयोगले कोभिड-१९ महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतालाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरेको छ । निर्वाचनका लागि नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन ।

बिगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । कोभिङ-१९ को कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि रू. ३७ करोड़ ४१ लाख ७४ हजार प्रस्ताव गरिएको छ । 

निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको छ । निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकोले निर्वाचन थप मितव्ययी हुनेगरी आयोगले कार्य गरिरहेको जनाएको छ । 

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधिक निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ