२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा सेनिटरी प्याड उत्पादन शुरु

२२ माघ २०७७, बिहीबार ०७:४२

माघ २२, डोटी  । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो । 

मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।”

कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उहाँ बताउनुभयो । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११  कामदारलाई प्याड बनाउने तालिम दिन शुरु गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पान गर्न शुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।”

यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेनीटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन् ।” पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा प्याड उत्पादन गर्ने उद्योग नभएका कारण यहाँका किशोरी तथा महिलाले देशका विभिन्न शहरका साथै भारतबाट निर्यात गरिएका सस्तो खालका सेनिटरी प्याड प्रयोग गर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय लक्ष्मी रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै प्याड उत्पादन गर्ने उद्योग थिएन, हामीलाई प्याड नभइ नहुने, वर्षौँदेखि हामीले भारत तथा देशका विभिन्न शहरबाट सस्तो प्याड किनेर प्रयोग गर्दै आएका थियौँ, त्यही पनि सबैलाई पहुँच थिएन, अब त्यो समस्या पनि हटेको छ ।” उहाँका अनुसार अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएको बेला प्याडका रूपमा रुमाल, घरेलु कपडालगायतका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लामा उत्पादन भएका सेनिटरी प्याड जिल्लाका सबै स्थानीय तहमा बिक्री वितरण गरी त्यसपछि मात्रै जिल्ला बाहिर निर्यात गरिनुपर्ने कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका शहरबजारभन्दा पनि गाउँघरमा प्याडको बढी खाँचो छ, यहाँ उत्पादन भएका प्याड पहिला गाउँगाउँमा पु¥याउने र त्यसपछि मात्रै जिल्ला बाहिर पठाए निकै राम्रो हुनेछ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की