२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा आलुले स्थानीय बजार पाएपछि किसान खुशी

२०७७, २२ माघ बिहीबार ०७:४५

माघ २२, दार्चुला । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।्

आलु नगदेबाली भएको कारण उत्पादनअनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् । विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् । दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने चार हजार ६९४ दशमलव नौ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको छ भने तीन हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताउनुभयो ।

कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा चार हजार ७२१ मेट्रिक टन आलु उत्पादन भएको पन्तले जनाउनुभयो । किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नं ६ अन्तर्गतपर्ने ग्वानी क्षेत्रमा चक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजना अघि सारेपछि जिल्लाका नौवटै स्थानीय तहका किसान यतिबेला उत्साहित  भएका छन् । ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षे आलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव छ मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको छ । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो ।

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोग गर्दै आएको छ भने स्थानीय तहहरुले आलु उत्पादनमा जोड दिएका छन् । व्यासका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडुले भने हामीले हरेक वर्ष आलु पकेट क्षेत्र बनाएर कृषकलाई अनुदान सहयोग गरेको र अहिले व्यासमा आलु उत्पादनमा वृद्धि हुँदै गएको बताउनुभयो ।

वर्षेतर्फ जिल्लाको अपिहिमाल, व्याँस, नौगाड तथा मार्मा गाउँपालिका आलु उत्पादनका लागि राम्रो क्षेत्र मानिएको छ भने हिउँदेतर्फ जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकामा आलु उत्पादनमा राम्रो मानिन्छ । हिउँदे बाली लगाउँदा जङ्गली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६  मिलमिलीका कृषकले अन्य बाली लगाउन छाडेर आलुखेतीतर्फ लागेका छन् ।

गहुँबाली लगाउने करिब ३ रोपनीमा आलुखेती गरेको मिलमिलीका स्थानीय कमलसिह धामीले जानकारी दिनुभयो । अहिले आलुको बजार पनि पाइन थालेपछि किसान खुशी छन् । नौगाड गाउँपालिका–२ का धनसिंह सितोलीले हरेक वर्ष आलुखेती बढाउँदै लगेका छन् । सडक सञ्जालले छोएको खार क्षेत्रमा आलु उत्पादन पनि राम्रो हुने र बजार पनि पाइन थालेपछि आलु उत्पादन बढेको हो । आलु उत्पादन बढाउन गाउँपालिका, प्रदेश सरकार सङ्घीय सरकार र कृषि कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग पाइने भएपछि आलुखेती बढाइएको छ । बन्दाबन्दीको समयमा दार्चुलाको स्थानीय आलु प्रतिकिलो रु ५० देखि ७० मा बिक्री भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ