2026-07-27 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

माघ २२, काठमाडौँ । कोरोना भाइरस (COVID-19) संक्रमणको बढ्दै गएपछि कतारले स्वास्थ्य शुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेका उक्त मापदण्डहरुलाई पालना गर्न कतार स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । 

कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएपछि कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले बुधबार पत्रकार सम्मेलन गरी आजदेखि लागुहुने गरी कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका विभिन्न प्रकारका उयायहरु सार्वजिनक गरेको हो । 

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने,कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने,घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा वढी भेला हुन नपाईने, कतारभित्र रहेका सबै सार्वजनिक पार्क,सार्वजनिक तटहरू, कर्निस लगायत अन्य सार्वजनिक कुनै पनि प्रकारका सामाजिक जमघट १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी गरेको छ ।

सरकारले उक्त मापदण्ड  पालना भए/नभएको अनुगमन गर्ने र सतर्कता र सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघनकर्तालाई कानूनबमोजिम कतारी रियाल २ लाख सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

साथै राजदूतावासबाट प्रदान गरिने सेवाहरु मध्ये आफै उपस्थित भएर लिनु पर्ने सेवा बाहेक अन्य जानकारी फोनबाटसमेत लिन सकिने र राजदूतावासको वेवसाईट र फेशवुक पेजमासमेत नियमित सूचनाहरु प्रवाह गरिने दूतावासले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला