२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आलु खेतीमा रमाउँदै प्रकाश सर

२०७७, २८ माघ बुधबार १०:३५

माघ २८, डडेल्धुरा । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको  २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।  

शिक्षक ऐरको दैनिकी फरक छ । उहाँ बिहान ६ देखि ९ बजे  र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिनुहुन्छ । उहाँ तीन महिना आलु खेतीसँग रमाउनुहुन्छ, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिनुहुन्छ । उहाँ बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउनुहुन्छ । 

२० वर्षदेखि आलु खेती 

प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो । तेह्र रोपनी जमीनमा उहाँले आलु खेती गरिरहनु भएको छ । विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ । आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ । यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरुले हरियालीपूर्ण छ । 

“यहाँ शुरुशुरुमा मकै मात्रै लगाउँथ्यौंँ । हामी मकैमा मात्रै सीमित थियाँैं”, उहाँले भन्नुभयो, “पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन् ।”

 धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन् । इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गर्नुभएको छ । 

 शुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उहाँले सुनाउनुभयो । “मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु । शुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो”, उहाँले भन्नुभयोे, “अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।”

म्याडमको साथ 

उहाँको छ जनाको परिवार छ । उहाँलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहनु भएको र्छ  । “तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौंँ”, उहाँले भन्नुभयो, “आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौंँ ।” “बिहान बेलुका व्यायाम पनि हुन्छ । काम पनि हुन्छ । मलाई एकदमै रमाइलो लागेको छ”, उहाँले थप्नुभयो ।

एक याममा रु   छ लाख कमाइ

उहाँ अहिले एक याममा  सरदर १२ देखि १५ टन आलु उत्पादन गर्नुहुन्छ । आलु राम्रो उत्पादन भएका समयमा एक याममा रु छ लाख र कम उत्पादन भएका याममा  रु तीन लाख आम्दानी हुन्छ । बिक्रीवितरणमा पनि केही समस्या नभएको उहाँको भनाइ छ । उत्पादित बीउ आलु भने उहाँ नजीकैको उग्रतारा शितभण्डारणगृहमा राख्नुहुन्छ । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र  कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र  डोटीका विभिन्न स्थानीय तहले सजिलै उहाँकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन् ।

प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहनुभएको स्थानीयवासी बताउँछन् ।  उहाँको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ । 

सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उहाँले बताउनुभयो । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन,  बीउ पनि उत्पादन भइरहेको छ ।  खायन आलुको मूल्य प्रतिकिलो रु २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो रु ७० देखि ८० हो ।  “आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ । घरपरिवारका सदस्यले सघाउँछन् । काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु ”, उहाँले सुनाउनुभयो ।

विदेशिने युवालाई सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उहाँको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उहाँले भन्नुभयो, “युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । विदेश जानु हुँदैन । यहीँ लाखाँैं कमाउन सकिन्छ ।” 

 नेपालकै भूमिमा पसिना बगाउन उहाँले सुझाव दिनुभयो । ‘‘विदेशी भूमिमा घण्टौंँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ