Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसियामा विदेशी श्रमिकलाई कोरोना विरुद्दको खोप निःशुल्क,क-कसले पाउँछन् ?

By kit 3 मिनेट पढाइ

माघ ३०, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप मलेसियाले पनि लगाउने तयारी गरेको छ । मलेसिया सरकारले फेब्रुअरीको अन्तिम सातादेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गर्ने भएको हो ।

'आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ ' भन्ने अभियानका साथ् सरकारले मलेसियामा कार्यरत विदेशी श्रमिकलाई पनि कोभिड-१९ विरुद्दको खोप लगाउने घोषणा गरेको छ । मलेसियामा गैरकानुनी रुपमा बसेका श्रमिकहरुले पनि कुरोना बिरुद्धको खोप निशुल्क पाउने भएका छन् ।

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलब्ध गराउने भएको हो । विदेशी श्रमिकलाई खोप लगाएर मलेसियन नागरिकलाई पनि सुरक्षित बनाउन, हर्ड ईम्यूनिटी विकास गर्न तथा आप्रवासी श्रमिकले मलेसियाको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै विदेशी श्रमिकलाई खोप उपलब्ध गराउन लागिएको सरकारले जनाएको छ ।

यद्यपी खोप पाउनेमा मलेसियन नागरिकहरुले प्राथमिकता पाउने जनाइएको छ । विदेशी  नागरिकले कहिले देखि खोप सुविधा प्राप्त गर्नेछन् भन्ने छिट्टै जानकारी दिने जनाइएको छ ।

अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकका साथै कुटनीतिक नियोगका कर्मचारी, विदेशी नागरिक, विदेशी नागरिकका श्रीमान श्रीमति तथा छोराछोरीहरु त्था शरणार्थीहरुलाई निःशुल्क रुपमा खोप दिने निर्णय मन्त्री परिषदले गरेको मलेसियाका विज्ञान मन्त्री खेरी जमालुद्दिनले बताए ।