२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीका म्यानपावर शाखा कार्यालयमा विभागको छड्के, अवैध एजेन्टको भागाभाग

२०७७, ३० माघ शुक्रबार १२:४४

मनोज पराजुली । माघ ३०, काठामाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमनलाई तीव्र पारेको छ । विभागको आकष्मिक अनुगमन टोलीले शुक्रबार एकै दिन विभागबाट संचालन अनुमति लिएर इटहरीमा संचालित १० म्यानपावर कम्पनीको शाखा कार्यालयको अनुगमन गरेको छ । 


विभागको अनुमति बिना इटहरीमा संचालनमा रहेको मेमोरिएल ओभरसिज प्रा. लि (लाइसेन्स १५६/०५६/७७) को शाखा कार्यालय शिल गरिएको अनुगमन अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । मेमोरिएल ओभरसिजले अवैध रुपमा पासपोर्ट संकलन गर्ने, रकम असुल्ने गरेको पाइएका कारण शिल गरिएको बरालले बताए । त्यस्तैगरी एच आर इन्टर्नेशनल प्रा .लिले अनुमति लिन निवेदन दिएको बताएपनि अनुमति नभेटिएकोले हाललाई  शाखा कार्यालय बन्द गर्न लगाइएको उनले बताए । 


विभागको आकष्मिक अनुगन टोली इटहरीका अवैध एजेन्ट कार्यालमा पुगेपछि गैरकानूनी रुपमा कार्यालय राखेर बसेकाहरु कार्यालय/तथा सटर बन्द गरेर भागेका अनुगमन अधिकृत बरालले साझा सबालालई बताए । विभागमा प्राप्त उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली शुक्रबार सार्वजनिक बिदाको दिन नै इटहरी पुगेर आकस्मिक अनुगन गरेको हो । अनुमति लिएका म्यानपावर कम्पनीका शाखा कार्यालयमा पनि अनुमति लिएका बाहेक पनि अन्य म्यानपावर कम्पनीका कारोबार भएको पाइएको उनले बताए । 

देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै