Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

By साझासवाल

फागुन ६,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।

त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म विभिन्न सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं ।’

उनका अनुसार रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि अनलाइनबाटै आवेदन दिन सक्नेगरी विभागले प्रणाली तयार गरेको छ ।

अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको र कार्यविधि आउनासाथ आवेदन खुला गरिने दाहालको भनाइ छ । ‘इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकाले विभागले पनि त्यसैअनुसार काम गरिरहेको थियो । तर, के–कसरी कामदार पठाउने भन्नेबारे मन्त्रालयले सबै कुरा खुलाएर कार्यविधि पठाउनुपर्नेमा अझैसम्म पठाएको छैन,’ उनले भनाइ छ ।

श्रममन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिको मस्यौदा तयार भए पनि मन्त्रालयका कतिपय अधिकारीको स्वार्थका कारण अघि बढ्न नसकेको बताएका छन् । उनका अनुसार तत्काल कार्यविधिको मस्यौदा अघि बढ्ने छाँटकाट देखिँदैन ।

वैदेशिक रोजगार विभागले तयार गरेको अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेपछि रोजगारीका लागि इजरायल जान इच्छुक कामदारले आफै घरबाटै आवेदन दिन सक्नेछन् ।

आवेदन खुलेसँगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   विजय दमासेले लेखेका छन् ।