पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ७, काठमाडौँ । बैदेशिक रोजगारीको लागि विदेशिने नेपाली युवाहरुको संख्या बढी रहेको छ । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारणले स्वदेशमा रोजगारी नपाएपछि र कोरोनाकै कारण विदेशबाट रोजगारी गुमाएर आएकाहरु पनि कोरोना खोप प्रयोगमा आएसंगै विदेशिन थालेका छन् ।

विशेषगरी नेपालीहरुको रोजाइमा खाडी मुलुक साउदी अरब,युएई,कुबेत,बहराइन र मलेसिया लगायतका देशहरु पर्ने गरेका छन् । तर विभिन् प्रकारले भिजिट भिसमै भएपनि अन्य देश जानेको संख्या पनि कमि छैन । स्वदेशमा रोजगारी नपाएपछि तेस्रो मुलुक दैनिक रुपमा विदेशिने नेपालीहरु उलेख्य छन् । यसरी गैरकानुनी रुपमा विदेश जाँदा ठगीमा पर्ने,विदेश गएपछि भनेजस्तो काम् नपाइने जस्ता समस्याहरु आउँन सक्छन ।

हाल नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका १ सय १० वटा देशहरु रहेका छन् । ति मध्ये इराक र लिबिया हाल बैदेशिक रोजगारका लागि रोक्का गरिएको छ । बैदेशिक रोजगार विभागका अनुसार यी हुन् नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरु हेर्नुहोस :