२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजै तीन म्यापावरमा छापा, अवैध अन्तर्वार्ता लिंदै गर्दा मिडिया र बिभाग पुगेपछि भागाभाग

२०७७, १० फाल्गुन सोमबार १५:३४

फागुन १० , काठमाडौँ । सोमबार मात्र वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा मारेको छ । बिभागले बिभिन्न दुई म्यानपावरले एजेन्ट प्रयोग गरि वैदेशिक रोजगारमा जाने युवासंग बढी लागत लिएको र एक म्यानपावरले अवैध अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको हो । यस सम्बन्धित भिडियो सहितको रिपोर्टहरु मंगलबार (भोली) हेर्न सक्नुहुनेछ । 

वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले सोमबार बिहान महाराजगंज स्थित अलआसमाक्स कम्पनीमा छापा मारेको छ । अलआसमाक्स कम्पनीबाट आजै युएई जान लगेका एक युवासंग एजेन्टबाट तेश्रो व्यक्ति प्रयोग गरि पैसा एक लाख अशुली गरेको पाइएको छ । बिभाग टोली आएको थाहा पाए पछि एजेन्टले प्रयोग गरेको तेश्रो व्यक्ति म्यानपावरको गेटबाटै भागेका थिए ।  पिडितको सहयोगमा उनलाई झन्डै ५०० मिटर पर भाग्दै गर्दा समातिएको थियो । 


त्यस्तै सोमबार दिउसो वैदेशिक रोजगार बिभागले ललितपुर स्थित प्याराडाईज इन्टरनेशनल म्यानपावरमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवालाई म्यानपावरका एजेन्टले ८७ हजार लिंदै गर्दा बिभागले फेला पारेको थियो । 

त्यस्तै सोमबार बेलुका सामाखुसी टोखारोड स्थित एसोसियट्स म्यानपावर ग्रुप म्यानपावर कम्पनीमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ । सरकारसंग स्वीकृतिनै नलिएको डिमाण्डमा सयौं युवाहरुलाई पठाउने भन्दै 'म्यानपावर डिमाण्ड' नामक फेसबुक ग्रुपबाट अनाधिकृत प्रचार गरि म्यानपावरले गैरकानुनी रुपमा अन्तर्वार्ता लिदै गरेको गोप्य सुचनाको आधारमा बैदेशिक रोजगारका विभागले छापा मारेको हो ।


बिभाग र मिडियाको टोली अन्तर्वार्ता स्थलमा उपस्थित हुँदा उक्त म्यानपावरका संचालक तथा कर्मचारीहरुको भागाभाग भएको थियो । उक्त म्यानपावरले सयौं युवाहरुलाई कतारको एक कम्पनीमा आकर्षक रोजगारको प्रलोभन देखाई फेसबुकबाट प्रचार गरेर एजेन्टको प्रयोग गरि अन्तर्वार्ता लिएको खुलाशा भएको छ ।


बिभागले उक्त म्यानपावरबाट सम्पूर्ण अन्तर्वार्तामा प्रयोग भएको पासपोर्ट सहित, बिभिन्न कागजातहरु बरामद गरेको छ । सम्बन्धित म्यानपावरलाई कानुन बमोजिम छानबीन गरि कारबही गरिने बैदेशिक रोजगार विभागका अधिकृत चेतन कुमार खत्रीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस