२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: एक युवालाई विदेश पठाउन तीन म्यानपावरको बाटो (भिडियो सहित)

१२ फाल्गुन २०७७, बुधबार १९:२१

अनिल अधिकारी | फागुन १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले बुधबार साँझ बसुन्धरा स्थित प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि. म्यानपावरमा छापा मारेको छ । बिभागले साउदी जान सरकारले तोके भन्दा ११ गुणा बढी शुल्क लिएको सूचना पाएपछि सम्बन्धित म्यानपावरमा छापा हानेको हो । 


वैदेशिक रोजगार बिभागका अधिकारीहरुसँगै मिडिया सहितको टोली उक्त म्यानपावरमा पुग्दा साउदी जान लागेका एक युवासँग १ लाख १० हजार रकम लिएको फेला परेको छ । पिडित युवाका अनुसार उनले  कोरोना महामारी सुरु हुनु अघिनै मोभिरा ओभरसिसमा पासपोर्ट बुझाएका थिए । तर उनलाई पत्तै नदिई उनको पासपोर्ट मोभिराबाट सिनामंगल स्थित नोभा इन्टरनेशनल पुर्याईएको थियो । उक्त म्यानपावरबाट कोरोना सुरु हुनु अघिनै उनलाई वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्टले १ लाख २० हजार लिएको युवाले बताएका छन् । अन्तिम श्रम स्वीकृति समेत पाएको अवस्थामा म्यानपावरले उनलाई वैदेशिक रोजगारमा पठाउन भने सकेन, तर उनले नगद बुझाएको पैसा समेत उनलाई फिर्ता दिईएन ।   

नोभा मार्फत वैदेशिक रोजगारमा जान खोज्दा एजेन्टले नगद  एक लाख २० हजार अशुली गरेर वैदेशिक रोजगारमा पठाउन नसकेको र पैसा पनि प्रमाण नहुँदा फिर्ता नपाएर पिडित बनेका उनलाई सोहि एजेन्टले २० हजार अर्को म्यानपावरबाट जाँदा कटाउछु भनेपछि फेरी बैदेशिक रोजगारको लागि प्रयास गरे । उनको पासपोर्ट फेरी उनलाईनै थाहा नभई गल्फ स्टार ओभरसीसमा आयो र त्यहाँबाट साउदीको अन्तिम श्रम स्वीकृति निक्लियो । त्यसपछि उनिसँग फेरी १ लाख १० हजार मागियो । यसअघि प्रमाण बिना नगद एक लाख २० हजार फसाएर धोका पाएका ति युवाले यस पटक भने सरकारलाई गुहार्न पुगे । 

बिभागमा उजुरी परेपछि उनलाई पछ्याउंदै आएको वैदेशिक रोजगार बिभागको टोली प्रस्तुति रिक्रुटमेन्ट प्रा.लिमा छिर्यो । प्रस्तुति रिक्रुटमेन्ट प्रा.लिमा गल्फ स्टार ओभरसिस मार्फत वैदेशिक रोजगारमा जान लागेका युवासँग चर्को अशुली लिन मोभिरा ओभर्सिस सर्भिस प्रा.लि. का कर्मचारी तोरण मगर खटिएका रहेछन् ।


बिभागको टोलीले युवा मार्फत म्यानपावरका प्रतिनिधिले पैसा लिएको फेला पारेपछि त्यसलाई प्रमाणित गर्दै चर्को अशुलीमा प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि, मोभिरा ओभर्सिस सर्भिस प्रा.लि र गल्फ स्टार ओभरसिस गरि तीन म्यानपावरको संलग्नता पाएको जनाएको छ । 

बिभागले तीनै म्यानपावरलाई बिभागमा अनुसन्धानमा तान्ने जनाएको छ । साथै भोली बिहान साउदी जान लागेका युवालाई १० हजारमै पठाउन र विदेश पुगेपछि पनि कुनै प्रकारको दवाब दिए थप कारवाही हुने ध्यानाकर्षण गराएको छ । 

भिडियो हेर्नुहोस् 


म्यानपावर व्यवसायीहरुकै साझा माग बिपरित अशुली हुन्छ

सरकारले २०७२ मा गरेको निर्णय अनुसार वैदेशिक रोजगारमा जाँदा खाडीका ६ देश र मलेसियाको लागि फ्री भिसा, फ्री टिकट लागु भएको थियो । म्यानपावरहरुले रोजगारदाताबाट सेवा शुल्क नपाउँदा बढीमा १० हजार मात्र लिन पाउने नियम छ । तर सरकारको उक्त निर्णयको बिरोध गर्दै आएका अधिकांश म्यानपावर व्यवसायीहरुले सेवा शुल्क बापत कम्तिमा कामदारको एक महिनाको तलब लिन पाउनुपर्ने माग राख्दै आएका छन् । फ्री भिसा, फ्री टिकटको बिरोधमा तात्कालिन समयमा १९ दिनसम्म  आन्दोलन गरेका म्यानपावर व्यवसायीहरुको साझा माग नै  एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउनुपर्छ भन्ने छ, तर अधिकांस व्यवसायीहरुले आफ्नै मागको बिपरित अशुली गर्दै आएको पाइएको छ ।


बुधबार साउदी जाने तयारीमा रहेका युवाकै कुरा गर्ने हो भने पनि उनको मासिक तलब ३० हजार तोकिएको छ । त्यस अनुसार सम्बन्धित युवाले विदेश जान एक लाख १० हजार लागत म्यानपावर वा एजेन्टलाई बुझाउने हो भने उनले झन्डै ४ महिना विदेशमा गएर काम गर्नु पर्ने हुन्छ । अझ सेक्युरिटी गार्डहरुको हकमा त झन् ९ देखि ११ महिना विदेशमा काम गर्दा पनि म्यानपावर/एजेन्टलाई तिरेको रकम कमाउन हम्मे-हम्मे पर्ने पिडितहरुले गुनाशो गर्ने गरेका छन् । यसलाई आधार बनाउँदा पनि सरकारले म्यानपावर व्यवसायीकै (सेवाशुल्क- एक महिनाको तलब) मागलाई मानेर वैदेशिक रोजगारमा पठाउन दिने हो भने पनि अहिलेकै चर्को लागतको बेथिति अन्त्य नहुने देखिन्छ ।

पछिल्लो समय वैदेशिक रोजगार बिभागबाट अनुगमन हुने सबैभन्दा बढी घटना चर्को लागतनै हुने गरेको छ । सरकारले बढीमा १० हजार सेवा शुल्क लिन पाउने नीति लिए पनि ५०/६० हजारसम्म अशुली हुँदा युवाहरुले उजुरी गर्दैनन् । तर जब लागत निकै चर्को मागिन्छ तब आँट गरेरै बिभागमा उजुरी दिन जानेहरुको संख्या दिन-प्रतिदिन बढ्न थालेको छ । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले भने सरकारले तोकेको लागत भन्दा १ रुपयाँ मात्र बढी पैसा लिएको भन्दै उजुरी आएको अवस्थामा पनि अनुगमन तथा कारवाही गर्नुपर्ने जनाएको छ । बिभागले 'उजुरी आउँदा वा बिभाग आफैले नियमित अनुगमनको क्रममा नीति बिपरित काम गरेको भेटिए कारवाही गर्नैपर्ने हुन्छ' भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु