2026-09-25 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा काम लगाइदिन्छौं भन्दै आमा–छोरीलाई बेच्ने दुईजना पक्राउ

फागुन १३, काठमाडौँ | टर्की पठाइदिन्छु भन्दै आमा छोरीलाई बेच्ने दुईजना पक्राउ परेका छन् । महिनाको ९० हजारसम्म तलब हुन्छ भनि प्रलोभन देखाएर सुरुवातमा माछापोखरीस्थित डेरामा बस्ने बागलुङकी पूर्णिमा सिर्पाली बस्नेतले ती आमाछोरीलाई भेटेकि थिइन् । 

पूर्णिमाले आमाछोरीसँग टर्की पठाइदिने कामका लागि २० लाख खर्च गरेमा जीवन नै परिर्वतन हुने सपना देखाएका थिए । आमा छोरीलाई टर्कीको स्पामा जागिर खाने गरी त्यहाँ पठाउने आश्वासन दिएपछि आमाछोरी जान तयार भएका थिए । टोखामा रहेको जग्गा बेचेर उनीहरुले २० लाख बुझाए । पैसा लिएपछि पूर्णिमा तर्किन थालिन् । आमा-छोरीले आफूहरु विदेश जाँदैनौं भनेर पैसा माग्दा पूर्णिमाले टर्कीमा रहेको आफ्नो बुबासँग पीडितलाई कुरा गराएर विश्वासमा पारिन् । अनि, ०७७ असोज २२ मा त्रिभुवन विमानस्थलबाट टर्किस एयरलायन्सको टिकट काटेर टर्की पठाइन् । 

टर्की पुगेपछि पूर्णिमा बस्नेतको बुबासँग उनीहरुले भेटे । ३ हप्ता आफ्नो डेरामा राखेपछि पूर्णिमाका बुबाले छोरीलाई रेष्टुरेन्टमा काम गर्न पठाए । तर, आमालाई चाहिँ ग्रिस पठाइदिन्छु भनेर २ हजार लिरामा टर्कीको बोर्डरमा लगेर बेचे । बेचेको कुरा थाहा पाएपछि दूतावाससँगको समन्वयमा छोरी मंसिर ८ मा र आमा पुस २६ मा नेपाल फर्काइए । नेपाल आएपछि पीडितहरुको जाहेरीको आधारमा पूर्णिमा सिर्पाली बस्नेत र गोरखा घर भएका जीवन भट्टलाई प्रहरीले पक्राउ गर्यो । 

तार्केश्वरस्थित जरंखुमा बस्ने भट्टले आमाछोरीलाई ताहाचलस्थित श्रम कार्यालयमा भेटेर टिकट र अन्य कागजात तयार गरेर दिएका थिए । पक्राउ परेकाहरूमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार अनुसन्धान हुँदैछ । मानव तस्करीमा संलग्न जीवन र पूर्णिमाले आमाछोरी सहित अन्यलाई पनि पिडित बनाएको पाइएको छ । गिरोहमा संलग्न जीवन र पूर्णिमालाई पक्राउ गरेपछि थप १२ जना ब्यूरोको सम्पर्कमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक