२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

१४ फाल्गुन २०७७, शुक्रबार ०३:४७

फागुन १४, रसुवा | चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ । उत्पादित चिज तथा मखन अधिकांश काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको बताइन्छ ।

पहिला–पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पुर्याउने उद्देश्यले विसं २०२७ मा स्थापित चन्दनवारी चिज उत्पादन केन्द्रले दर्जनाँै किसानलाई आयआर्जनमा टेवा पुर्याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो । नेपालकै जेठो मानिएको विसं २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय छ÷सात वर्ष पहिला स्थापना भएको धुञ्चेलेक र गतलाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिनुभएको छ ।

वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताउनुभएको छ । प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चाँैरीपालक कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन् ।

लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौरीँगाईको शुद्ध दूधबाट बनेको ‘अग्र्यानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकहरूले बताएका छन् । चिज उत्पादनको समय भने वैशाखदेखि कात्तिक १५ गते पहिलादेखि निर्धारित समय यथावत रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह