२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा अनुगमन: एउटामा छापा मार्दा अरु ताला लगाएर भागे, कोहि फर्निचरनै उठाएर भागे !

१४ फाल्गुन २०७७, शुक्रबार ०७:३९

अनिल अधिकारी | फागुन १४, काठमाडौँ | वैदेशिक रोजगार बिभागले पोखरामा अनुगमन गरेको छ । बिहिबार दिनभर भएको अनुगमनको क्रममा अधिकांश म्यानपावरका साखा कार्यालय एकाएक बन्द गरिएको पाइएको छ । 

पोखरामा अनुगमन गर्ने क्रममा बिभागबाट अनुगमनका क्रममा खटिएका कुशल बराल सहितको टोलीले सुरुमा एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालिको डिमाण्डमा बिभागबाट पोखरामा अन्तर्वार्ता गर्ने सम्बन्धमा स्वीकृतिनै नलिई अन्तर्वार्ता गरेको सूचना पाएपछि पृथ्वी चोकस्थित बाजेको सेकुवामा अनुगमन गरेको थियो । उक्त अनुगमनको क्रमम ५०/६० जना भन्दा बढी युवाहरुलाई अन्तर्वार्ता गराउने तयारी भएको फेला पार्यो । अनुगमन टोलीले सोधपुछ गर्ने क्रममा त्यहाँ अन्तर्वार्ता दिन पुगेकाहरु मध्ये अधिकांश अन्य म्यानपावर मार्फत पठाइएका र एजेन्टहरुले अन्तर्वार्तामा पुर्याएको भेटिएको छ । उक्त अवैध अन्तर्वार्ताको अनुगमन हुँदा अन्तर्वार्तामा संलग्न हुन आउनेहरुको क्रम जारी गरेको थियो । उनिहरुले बिभिन्न म्यानपावरबाट यहाँ अन्तर्वार्ता छ भनि पठाएको बताएका थिए । 


अनुगमनको क्रममा एचआर इन्टरनेशनल प्रालिको डिमाण्डमा अन्तर्वार्ता भने मार्भलस इम्प्लोईमेन्ट नेपाल प्रालिको पोखरा स्थित साखा कार्यालयले गराएको पाइएको छ । बिभागको टोलीले अन्तर्वार्ता गराउने कार्यमा संलग्न मार्भलसका ब्रान्च म्यानेजर बताउने सुक बहादुर बि.क. सँग मार्भलस इम्प्लोईमेन्ट नेपाल प्रा.लि पुगेर साखा कार्यालयको समेत अनुगमन गरेको छ । 

काठमाडौँ स्थित एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालिका संचालक नरेश गेलालसँग अनुमति बिना तपाईको डिमाण्डमा पोखरामा कसरी अर्को म्यानपावरले अन्तर्वार्ता लियो ? भन्ने प्रश्नमा उनले भने 'हामीले पोखराबाट अन्तर्वार्ता लिएका छैनौं । अन्तर्वार्ता काठमाडौँबाट मात्र हुन्छ भनि सुचित गरेका छौं । त्यसरी अनाधिकृत रुपमा हाम्रो म्यानपावरमा आएको डिमाण्डमा अरुलाई अन्तर्वार्ता लिने अनुमति हुँदैन ।'

बिभागले बिहान १० बजेको समयमा गरेको अनुगमन पछि अन्य म्यानपावरको साखाहरुमा पनि अनुगमनको क्रममा पुगेको थियो । तर अधिकांशमा ताला लगाईसकेको पाइएको छ । बिभागबाट खटिएका अनुगमन अधिकृत बरालले भने 'एउटामा अनुगमन भए लगत्तै सबैलाई सूचना पुग्दो रहेछ । यस्तो पनि हुन सक्छ, पहिलोमा अनुगमन हुँदा त्यसै म्यानपावरमा धेरै म्यानपावरबाट अन्तर्वार्तामा ल्याइएकाहरु आएकाहरु थिए, त्यसपछि अरु म्यानपावरले पनि थाहा पाए ।' 


पोखरामा अनुगमनको क्रममा अनुमगन टोली पुगेपछि अवैध रुपमा एजेन्टको कार्यालय खोलेर बसेको एक अवैध कार्यालयबाट फर्निचरनै उठाएर भागेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार  पृथ्वीचोक स्थित एजेन्ट तथा वैदेशिक रोजगारमा जान चाहनेहरुको आउजाउ भईरहने उक्त कार्यालयले एकाएक कार्यालयको फर्निचर उठाएर भागेका थिए ।

सुत्रका अनुसार पोखरामा एजेन्ट तथा म्यानपावरका साखा कार्यालय चलाउनेहरुको ग्रुपनै छ । उनिहरुले भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर ग्रुपबाट एक अर्कोलाई सूचना दिने, डिमाण्डबारे जानकारी दिने लगायतको काम गर्ने गरेका छन् । 

यसै क्रममा पोखरा अनुगमन गर्न पुगेको बिभागको अनुगमन टोलीले अग्रिम रुपमा अबैध अशुली भएको पाइएपछि दुई जना पिडितको ५०/५० हजारको दरले रकम फिर्ता गराएको छ । त्यस्तै बिभागको अनुगमन टोलीले अन्यत्र दर्ता भएर पोखरामा संचालित अभिमुखीकरण संस्थाहरुको बोर्डहरु समेत हटाउन लगाएको छ । 

बिभागको अनुगमन टोलीले इटहरी, बिराटनगर र पोखरामा भएको बिभागको अनुगमनको निष्कर्ष निकाल्न बाँकी रहेको भन्दै वैदेशिक रोजगार बिभागमा महानिर्देशक कुमारप्रसाद दहालले म्यानपावर व्यवसायीहरुले शाखा कार्यालय खोल्न पाउनुपर्ने भन्दै राखेको मागको सम्बन्धमा प्रश्न उठेको जनाएका छन् । म्यानपावर व्यवसायीहरुको माग अनुसार शाखा कार्यालय खोल्न अनुमति दिने विषयमा अध्ययनकै क्रममा यसअघि अनुमति दिएका स्थानहरुमा महानिर्देशक दहालले अगाडी भने 'अनुगमनको क्रममा नक्कली कार्यालय खोलेर काम गर्नेहरु इटहरीमा पनि देखियो, बिराटनगरमा पनि देखियो, हिजो पोखरामा पनि देखियो । हामी जहाँ-जहाँ अनुगमनमा पुग्छौं, त्यो ठाउँमा यो कुरा देखिएको छ । हामीले नीतिगत रुपमै २९ म्यानपावरलाई पहिलेनै शाखा कार्यालय खोल्ने अनुमति दिएका छौं । अब नयाँ दिनको लागि शाखा कार्यालय भएकाले नै यो काम गरेका छन् कि बाहिरकाले गरेका छन् भन्ने कुरा अनुसन्धानबाट आएपछि मात्र थाहा हुन्छ ।' 


बिभागका महानिर्देशक दहालले बिभिन्न शाखा कार्यालयहरु रहेका स्थानहरुमा अनुगमन गर्ने क्रममा ज-जसले गलत काम गरेका छन्, उनिहरुलाई यदी शाखा कार्यालयको अनुमति पाएकाले त्यस्तो गरेका रहेछन् भने संस्थागत रुपमा कानुनी कारवाही हुने र शाखा कार्यालयको अनुमति नपाएकाहरुको हकमा भने व्यक्तिगत ठगि अभियोगमै मुद्धा चलाइने बताएका छन् । दहालले उपत्यका बाहिर वैदेशिक रोजगारको बेथिति मौलाउदो क्रममा रहेको भन्दै त्यसको नियन्त्रणको लागि नियमित अनुगमन हुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु