2026-09-25 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली म्यानपावर खडा गरि २३ वर्षीय युवाद्वारा कयौंको पैसा र भविष्यमाथि रजाई ! (फोटो फिचर)

अनिल अधिकारी | फागुन १८, चितवन | वैदेशिक रोजगार बिभागले उपत्यका बाहिरको अनुगमनलाई तिब्रता दिएको छ । यसै क्रममा वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले चितवनको टाँडीमा एक अवैध  कार्यालयमा छापा मारेको छ ।  

छापा हान्ने क्रममा बिभाग टोलीले रत्ननगर २ स्थित विष्ट कम्प्लेक्सको चौथो तलामा अवैध कार्यालय खोलेर युरोपका बिभिन्न देशमा पठाउने भन्दै पासपोर्ट र पैसा अशुली गरेको खुलेको छ । बिभागले उक्त कार्यालयमा अनुसन्धान गर्ने क्रममा २३ बर्षका फरमान हवारीले अवैध तरिकाले नक्कली म्यानपावर खडा गरि कार्यालय संचालन गरेको भेटिएको छ । हवारीले डायनामिक ग्लोबल रिसोर्स म्यानेजमेन्ट प्रा.लि. नाममा तालिम लगायतको व्यवसाय गर्ने प्रयोजनमा कम्पनी खडा गरेको भए पनि काम भने भिषा सम्बन्धि गर्ने भनि स्थानीय तहलाई समेत झुक्याएर व्यवसाय प्रमाणपत्र दर्ता गरेको पाइएको छ । 

त्यस्तै उक्त कार्यालयका संचालकले वैदेशिक रोजगार बिभागको नक्कली इजाजत पत्र समेत बनाई उक्त कार्यालयलाई इजाजत प्राप्त म्यानपावर भन्दै ठगि गर्ने गरेको समेत भेटिएको छ । बिभागमा महानिर्देशक ‘फरमान हजारी’ आफैले आफैलाई बनाएर हस्ताक्षर गरि बिभागको इजाजत पत्रको समेत किर्ते गरेको अनुगमनको क्रममा भेटिएको छ । उक्त कार्यालयले युरोप जानको लागि युवाहरुलाई प्रभावमा पार्न वैदेशिक रोजगार बिभागको नक्कली इजाजत पत्र बनाएका हुन् । स्थानीयहरुसँग सोधपुछका क्रममा उक्त कार्यालय म्यानपावरनै रहेको भन्ने भ्रम छरिएको समेत पाइएको छ ।  

त्यस्तै उक्त कार्यालयमा तीन प्रति एसएलसीको किर्ते प्रमाणपत्र समेत फेला परेको छ । त्यस्तै पुलिस रिपोर्ट समेत नक्कली भएको आशंका गर्दै बिभागले बरामद गरेको छ । अवैध रुपमा कार्यालय खडा गरि इजाजत समेत नक्कली बनाई काम गरेको पाइएपछि वैदेशिक रोजगार बिभागले उक्त कार्यालयबाट सीपीयु तीन थान, संचालक आफैले चलाउने गरेको ल्यापटप एक थान, कार्यालयको सिसिटिभीको हार्ड डिस्क एक थान, बिभिन्न देशको डिमाण्ड लेटर भएको दुई थान फाइल, बिभिन्न व्यक्तिहरुको बायोडाटा समेत भएको दुई थान फाइल, अधिकांशसँग पैसा अशुली भईसकेको खुलेको ६७ थान राहदानी,  फोन कल डायरी एक थान, कार्यालय तथा संचालकको प्रमाणपत्रहरु तीन थान, एसएलसीको नक्कली प्रमाणपत्रहरु तीन थान, संकास्पद प्रहरी रिपोर्ट रहेको एक थान फाइल र वैदेशिक रोजगार बिभागको नक्कली इजाजतपत्रको फाइल बरामद गरेको छ । 

बिभागका अनुगमन अधिकृत कुशल बराल नेतृत्वको टोलीले संचालक कार्यालयमा नरहेको अवस्थामा उनका दाजु सलमान हवारी, रत्नगर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरु र उक्त अवैध कार्यालयमा काम गर्दै आएका कर्मचारीहरुको रोहबरमा थप अनुसन्धानको लागि कार्यालयका सामानहरु बरामद गरि काठमाडौँ पठाएको छ ।

छापा मार्ने क्रममा स्थानीय जनप्रतिनिधिहरुले आफ्नो नाकै अगाडी ठगि धन्दाको यति ठूलो माछा हुर्कदै गर्दा आफूहरुलाई थाहा नभएको बताएका छन् । उनीहरुले टाँडी क्षेत्रमा संचालित अधिकांश कन्सलटेन्सीले अवैध काम गरेको हुनसक्ने भन्दै आफ्नो स्थानीय बजार अनुगमनको ध्यान त्यसतर्फ खिचिएको समेत बताएका छन् । 

माथिको तश्विरमा: छापा मार्ने क्रममा अवैध कार्यालयको अवस्थाबारे जानकारी दिन बोलाइएका स्थानीय जनप्रतिनिधिहरु ।

माथिको तश्विरमा: अनुगमनको क्रममा अवैध कार्यालयमा युरोप जाने आशामा बुझ्न आएका युवाहरु ।

माथिको तश्विरमा: अवैध कार्यालय मार्फत वैदेशिक रोजगारमा जानको लागि आवेदन दिएका युवाहरुको सूचि ।

माथिको तश्विरमा: अवैध कार्यालयमा भेटिएको अनाधिकृत डिमाण्ड लेटर ।

माथिको तश्विरमा: अवैध कार्यालयको कम्प्युटरमा भेटिएको डिमाण्ड, आफैले कम्प्युटरमा नक्कली डिमाण्ड बनाई त्यसैलाई देखाएर युवाहरुसँग ठगि भएको पाइएको छ ।

माथिको तश्विरमा: अवैध कार्यालयमा भेटिएको अनाधिकृत डिमाण्ड लेटर ।

यस सम्बन्धित भिडियो रिपोर्ट हेर्न प्रतिक्षा गर्नुहोला, साथै यो लिंकमा क्लिक गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक