२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रम स्वरोजगार कार्यक्रम : तीन हजारलाई रोजगारी

१९ फाल्गुन २०७७, बुधबार १२:४५

फागुन १९, बझाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लामा १२ वटै स्थानीय तहका तीन हजार ५२९ हजार युवाले १०० दिन बराबरको रोजगारी पाउने भएका छन् । सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमअन्तर्गत कामदारलाई सरकारले दैनिक रु ५१७ ज्याला दिइन्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत केन्द्रबाट ज्यालाबापतको रकम मात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निर्माण सामग्रीका लागि बजेट छुट्याउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धाँमीले बताउनुभयो । जिल्लामा यो कार्यक्रमअन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निर्माण, सामुदायिक वन संरक्षण, वृक्षरोपण, सडक मर्मत, तटबन्धन जस्ता निर्माणका काम हँुदै आएका छन् । 

कार्यक्रमअन्तर्गत बुङ्गल नगरपालिकामा ७२० जना, जयपृथ्वी नगरपालिकामा ३१६ जना, केदारस्यु गाउँपालिकामा ३०९ जना, थलारा गाउँपालिकामा ४६५ जना, तलकोट गाउँपालिकामा ४०४ जना, दुर्गाथली गाउँपालिकामा १५६ जना, छविसपाथीभेरा गाउँपालिकामा १३६ जना, खप्तडछान्ना गाउँपालिकामा १२९ जना, सुर्मा गाउँपालिकामा २४४ जना मष्टा गाउँपालिकामा २३४, साइपाल गाउँपालिकामा १२९ जना र वित्थडचिर गाउँपालिकामा २८७ जना गरी जिल्लाभरी तीन हजार ५२९ जनाले रोजगारी पाउने छन् । 

यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रमअन्तर्गत करीब रु १७ करोड बराबरको विकास निर्माणका काम शुरु भएका छन् । जयपृथ्वी नगरपालिकाका ३१६ जना बेरोजगारले १०० दिन बराबरको कामबाट रु एक करोड ६३ लाख ३८ हजार पाउने भएका छन् । बुङ्गल नगरपालिकामा यस आर्थिक वर्षमा ७२० जनाले रु तीन करोड ७२ लाख २४ हजार पाउने भएका छन् । 

यस्तै यो कार्यक्रममा सडक निर्माण, तटबन्धन र वडा कार्यालयमा ज्यालाको काम भइरहेको छ । काम गरेबापतको रकम सिधै उनीहरुको बैंक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम छ ।

आर्थिक वर्ष २०७७÷०७८ को साउन भदौमा सबैभन्दा बढी बुङ्गल नगरपालिकामा तीन हजार ४३९ जना र सबैभन्दा कम साइपाल गाउँपालिकामा २५१ जनाले आवेदन दिएका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष विभिन्न पूर्वाधार निर्माणका काम गरेको र यस वर्ष पनि पूर्वाधार विकासमै जोड दिइएको तल्कोट गाउँपालिका रोजगार संयोजक पुष्कर सिंहले बताउनुभयो । योजनाको दिगोपनका लागिसमेत गाउँपालिकासँग सहकार्य गरेर अघि बढिरहेका छाँै । सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारको बीमासमेत गर्ने गरेको छ ।

वर्षभरी बेरोजगार भएर बस्नुपर्दाको पीडालाई सम्झँदै जयपृथ्वी नगरपालिका वडा नं १ की पारसी सिंहले यो कार्यक्रम शुरु भएसँगै घरखर्च चलाउन सहज भएको, अहिले आफ्नै गाउँमा बाटो निर्माणको काम गरिरहेका छौँ । अब त्यहाँबाट आउने पैसाले बालबालिकाको पढाइ खर्च, लत्ताकपडा किन्नसमेत सहयोग पुग्ने काम गर्दै गर्दा रोजगार सँगसँगै सीप पनि सिकिरहेकोसमेत बताउनुभयो । 

थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याले गत वर्ष पनि कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिकामा विकास निर्माणका काम भएको गाउँपालिकाले पनि केही बजेट छुट्याइ योजनाको दिगोपनका साथै स्थानीयस्तरमा समेत रोजगार पाउने भएकाले कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाउन आफू लागि परेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता