साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो ।
३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वत सुनचाँदी व्यवसायी संघमा विकास चयन

२२ श्रावण २०७३, शनिबार १५:४५

साउन २२, पर्वत | पर्वत सुनचाँदी व्यवसायी संघको तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशबाट विकास विश्वकर्मा सर्वसहमत रुपमा अध्यक्षमा पदमा चयन भएका छन् । शनिवार कुश्मामा भएको साधरण सभा तथा अधिवेशनले उनको नेतृत्वमा १५  सदस्यीय कार्यसमित चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा ठाकुर वि पौडेल, कृष्णबहादुर सुनार, सचिवमा आनन्द विश्वकर्मा, कोषाध्यक्षमा कुलबहादुर विश्वकर्मा, सहसचिवमा विकास रसाइली, सहकोषाध्यक्षमा काशीराम विश्वकर्मा रहेका छन् । सहस्यहरुमा महलाल विश्वकर्मा, सुजन सुनार, कृष्णबहादुर विश्वकर्मा, सुर्य रसाइली, सन्तोष विश्वकर्मा, टिकाराम विश्वकर्मा, दिपक रसाइली र भुवन विश्वकर्मा रहेका छन् । सुनचाँदी व्यवसायीका केन्द्रिय अध्यक्ष मणिरत्न शाक्यको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आफुले आवाज उठाउने बताए । देशभरीमा हजारौको संख्यामा सुनचाँदी व्यवसायी रहेको र लाखौले प्रत्यक्ष रोजगार पाएको भन्दै उनले सुनचाँदी व्यवसायीको हकहितको लागि आवाज उठाउने उनले बताए । उनले हिन्दु पराम्पार अनुसार हरेक चाड पर्वत तथा रितिरिवाजमा परापुर्वकाल देखि चल्दै आएको भन्दै यसको संरक्षण तथा सम्बद्धनमा लाग्नुपर्नैमा जोड दिए । बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणलेवृद्धि भएपछि सुन तथा गरगहनाको कारोवार प्रभावित भएको बताउनु भयो ।  सुनको मुल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले मँहगिएको बेला विक्री गर्दा बजारमा नकरात्मक प्रभाव परेको बताउनु भयो । सुन तथा गरगहानाको व्यापारमा मन्दी आएर ह्वात्तै घटेको भएपनि विवाह,व्रतबन्ध तथा तीज लगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको बताउनु भयो ।

पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष लखन सुनारको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम सेनचुरी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक गंगा पन्त,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गोपी अधिकारी,फर्निचर उद्योग व्यवसायी संघ पर्वतका अध्यक्ष मथुराकुमार जोशी,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु निर्मल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा,केशवहादुर विश्वकर्मा,जोगलाल विश्वकर्मा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष विक्रम सुनार,कास्कीका अध्यक्ष चन्द्रकिशोर गौत्तम, तनहुँका अध्यक्ष बावुराम विश्वकर्मा,गोर्खाका अध्यक्ष कृष्णवहादुर विश्वकर्मा,नवलपरासीका अध्यक्ष भिमसिङ विश्वकर्मा,बाग्लुङका अध्यक्ष सुदेश राजभण्डारी, म्यादीका अध्यक्ष दिपेन्द्र विश्वकर्मा,पर्वत सुनचाँदी व्यवसायी संघ पर्वतका पूर्व अध्यक्ष मनोहर वि.पौडेल, पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत सल्लाहकार जितवहादुर सुनार,पर्वत सुनचाँदी व्यवसायी महिला संघका अध्यक्ष तारा विश्वकर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष विकास सुनार धन्यवाद मन्तव्य पर्वत सुनचाँदी व्यवसायी संघ पर्वत उपाध्यक्ष ठाकुर वि. पौडेल र सञ्चालन संघका सचिव मोहलाल विश्वकर्माले गर्नुभएको थियो । सोही अबसरमा जिल्लामा सुनचाँदी व्यवसायीको हकहितको लागि उदाहरणीय काम गरेको भन्दै बेलबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा र निर्मल विश्वकर्मालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरीएको थियो । उक्त कार्यक्रममा आव  ०७१।७२ तथा ०७२।७३ को आयव्ययको प्रतिबेदन समेत प्रस्तुत गरीएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’