२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तरकारीमा आत्मनिर्भर बन्दै दैलेखका कुमालखाडावासी

२०७७, २३ फाल्गुन आईतवार ०९:१०

फागुन २३, दैलेख । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । 

तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत मुग्लानबाट फर्केर तरकारी खेतीतिर लागेका छन्, कसैले तरकारी खेतीको व्यापारबाट तराईमा घडेरीसमेत किन्न योजना बनाएका छन्”, उहाँले भन्नुभयो । 

 आजभोलि तरकारी खेती देखेर सोही ठाउँकी ६५ वषर््ीया धना कार्की दङ्ग हुनुहुन्छ । विगतका दिन सम्झिदै उहाँले भन्नुभयो, “पहिला हामी आलु, चना, मुसुुुरो केराउ लगाउथ्यौं, काउली, बन्दा, गोलभेडाको चलन थिएन, नून र खुर्सानीसँग छाक टाथ्र्यौ, पाहुना आएको दिनमा छरछिमेकीबाट दही दूधको जोहो गर्नुपथ्र्यौ ।”

तरकारीले आफ्नो जीवनमा समेत परिवर्तन ल्याएको अर्की महिला नानीदेवी शाहीले बताउनुभयो । केही वर्षपछि कर्णाली राजमार्गको ट्र्याक खोलिएपछि आम्दानीको आशा बोकेका कुमालाखाडीवासीको भने मुग्लानसँगको साइनो छुटेन । पैसा कमाउन भारत नै जानुपर्छ पुरानो चलनले निरन्तरता  पाइरह्यो । बस्तीमा स्वदेशमै बसेर आम्दानी हुन्छ भनेर सम्झाउने व्यक्ति थिएन । 

“कालापहाड नगएर कहाँ जाने जहान परिवार पाल्न पराइदेशमा पसिना बगाउनुपर्ने बाध्यता थियो”, स्थानीयवासी धर्मराज कार्कीले भन्नुभयो, “तलतिर कर्णाली नदी, सिलेटको छाना परम्परागत शैलीमा निर्माण भएका घरले सुन्दरबस्ती पराइदेश जाने पुरुषको लर्कोले गाउँ नै सुनसान देखिन्थ्यो, गाउँमा कोही दुःखी बिरामी पर्दा महिला नै हुन्थे ।” 

पछिल्लो समय जाक्सी कुमालखाडाको गाउँले पहिचान बदलेको छ । पराइदेश जान छोडेर पुरुष गाउँकै तरकारीबारीमा भेटिन्छन् । आम्दानीको स्रोत गाउँकै तरकारी छ । तरकारीबाटै तराईमा जग्गा जमीन जोड्ने योजनामा छन् कुमालखाडावासी । 

पुरुषविहीन हुँदा सुनसान बस्तीमा अहिले मानिस आवतजावतले रमझम बेग्लै छ । नूनखुर्सानीको साहारामा छाक टार्ने गरेका कुमालखाडीवासी तरकारी उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । त्यहाँ विदेशिनेको सङ्ख्यामा कमी आएको छ । घरमै बसेर महिनामा रु २० हजारदेखि रु ३० हजारको आम्दानी गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । कुमालखाडावासीको तरकारी सुर्खेतसम्म निर्यात हुने गरेको छ । 

कृषकले बारीमा काउली, बन्दागोपी, गाँजर, मुला, गोलभेडा उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट एउटै गरा तरकारीबाट आफूले रु १२ हजार आम्दानी गरेको स्थानीयवासी शान्ति सिजापतिले बताउनुभयो । 

तरकारीको नमूना गाउँ 

 तरकारी खेती उत्पादन गर्दै आइरहेका कुमालाखाडा नमूना गाउँ बनाइने भएको छ । आठबिस नगरपालिका र युरोपियन युनियन, डिसिए नेपालको आर्थिक सहयोगमा सोसेको सहजीकरणमा गाउँलाई तरकारीको नमूना गाउँ बनाउन लागिएको हो । नमूना गाउँ बनाउन युरोपियन युनियन र डिसिए नेपालले झण्डै रु नौ लाखको लगानी गरिसकेको छ । 

नमूना गाउँ बनाउनका लागि कृषकले गोठेमल सुधार, घरआँगन सरसफाइ, फोहर पाल्ने खाल्डो, जुठ्याल्नु बनाउनुपर्ने छ । व्यवसायिक तरकारी खेती, मूल्य शृङ्खलाअनुसार गोलभेडा, काउली, आलु, बदामलगायत छ वटा नगदेबालीलाई अगाडि बढाइने सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठले बताउनुभयो । कृषकले लगाएको तरकारी खेतीमा समस्या नआउहोस भन्नेको लागि सहयोगी संस्था सोसेकले दुई कृषि प्राविधिक कर्मचारी समेत खटाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश